
नायिका पूजा शर्माले नेपाली चलचित्र क्षेत्रमा नायिका प्रियंका कार्कीको पहिरनप्रतिको रोजाई उत्कृष्ट रहेको बताएकी छिन् । काठमाण्डौको पुतलीसडकमा संचालनमा आएको ‘शुभबस्त्रम्’को उद्घाटन गर्न पुगेकी पूजाले प्रियंकाको पहिरन लगाउने शैलीको तारिफ गरिन् ।
आफूले भने समय र परिस्थती अनुसार पहिरन लगाउने पूजाको तर्क थियो । पूजाले भनिन्–‘मलाई पहिरन महंगो हुँदैमा उत्कृष्ट हुन्छ भन्ने लाग्दैन । मुख्यकुरा, पहिरन लगाउँदा सुहाउन पर्छ । म आफूलाई सुहाउने पहिरन लगाउँछु ।’
उनले, महंगो पैसा हालेपनि कहिलेकाही ड्रेस डिजाइनरहरुका कारण पहिरन कमसल पर्ने गरेको गुनासो गरिन् । उनले भनिन्–‘हामीले डिजाइनरहरुले मागेको रकम नै दिएका हुन्छौं । तर, कपडा भने निकै कमसल बनाइदिनुहुन्छ । जसलेगर्दा, कहिलेकाही कार्यक्रममा नै धोका पाइन्छ ।’
महिला तथा पुरुष दुबैका लागि डिजाइनका पहिरन पाइने शुभबस्त्रम् आफ्नो पनि रोजाइको ठाउँ रहेको पूजाको तर्क थियो ।
प्रतिक्रिया 4