Comments Add Comment

अब नयाँ फिल्म कहिले ?




चैत्र २७ गते ‘लप्पन छप्पन २ र कृष्ण लीला’ रिलिज भएको भए नेपाली चलचित्र क्षेत्रले लामो श्वास फेर्ने थियो । यी दुई चलचित्र गतबर्ष प्रदर्शनका लागि तयार भएर पनि अन्तिम समयमा पोष्टपोन्ड भएका ‘प्रेमगीत ३ र चपली हाइट ३’कै अवस्था भोग्न वाध्य भए । कारण, कोरोनाको दोश्रो लहर सुरु भएपछि यी दुई चलचित्रका निर्माताले रिलिजको जोखिम मोल्न सकेनन् ।

यी दुई चलचित्र स्थगित भएपछि यो बर्ष जम्मा ३ वटा नयाँ नेपाली चलचित्र रिलिज हुने भएका छन् । ‘एउटा यस्तो प्रेम कहानी, गोर्खे, गुड फ्रेन्ड’ मात्र यो बर्ष रिलिज भएका चलचित्र हुन् । अर्थात, यो बर्ष नेपाली चलचित्रका भवन सुनसान नै जस्तै बने भन्न सकिन्छ ।

तर, चैत्र २७ बाट पनि चलचित्रहरु पोष्टपोन्ड भएपछि अब नयाँ चलचित्र कहिले रिलिज हुन्छ भन्ने प्रश्न उब्जिएको छ । किनकी, निर्माताले साउनअघि चलचित्रको प्रदर्शन मिति तय गरेका छैनन् । साउनपछि केही चर्चित ब्यानर र चर्चित कलाकारहरुको चलचित्र लाइनअपमा छन् । तर, नयाँ बर्षको ३ महिना नेपाली चलचित्र हलले चलचित्रको अभाव भोग्नुपर्ने अवस्था देखिन्छ ।

तर, साउनपछि पनि चलचित्र रिलिज हुने वातावरण बन्छ या बन्दैन एकिन भन्न सकिने अवस्था छैन । यो बर्ष त कोरोनाका कारण चलचित्र नगरी थिलोथिलो नै भयो, अर्को बर्ष के होला । पूर्वनुमान लगाउन आग्रह देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment