+
+

स्पेनमा पिस कन्फ्रेन्स हुँदै, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहभागी हुने

वसन्त रानाभाट वसन्त रानाभाट
२०७७ चैत २३ गते १३:४६
लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी परियोजनाको अवधारणा तस्वीरमा

बार्सिलोना । बुद्धको शान्ति सन्देशलाई बिश्वभर फैलाउने उदेश्यसहित स्पेनबाट पिस कन्फ्रेन्स हुने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा अप्रिल ७ देखि १२ सम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै कन्फ्रेन्स हुने भएको हो। स्पेनको एक्स्त्रेमादुरा प्रदेशबाट सुरु हुने कन्फ्रेन्स संसारका विभिन्न ठाउँहरुमा गरिने लक्ष्य राखिएको छ ।

कार्यक्रमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने भएका छन् । स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुइलेरम्मो फर्नान्डेज भारा विशेष अतिथिको रुपमा सहभागी बन्ने भएका छन्। कोरोना भाइरस महामारीकाबीच सामाजिक दूरी कायम गर्दै भौतिकरुपमा उपस्थिति भएर नै कार्यक्रम हुन लागेको हो।

७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोही अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फ्रेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले अनलाइनखबरलाई बताए।

”कार्यक्रमको मुख्य उदेश्य त बुद्धको शान्ति सन्देशलाई नै संसारभर फैलाउनु हो। त्यो अलवा हाम्रो प्रोजेक्टका लागि अहिलेसम्म भएका प्रगती विवरणहरुलाई पनि भिडियो मार्फत कन्फ्रेन्समा प्रस्तुत गर्नेछौ,’’ उनले भने।

प्रोजेक्टको प्रचारप्रसारसहित नेपाल, हङ्कङ्, म्यानमार,थाइल्याण्ड लगायत बिभिन्न देशहरुको कन्फ्रेन्स गर्ने लक्ष्य फाउन्डेसनले राखेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएका दुवै नगरहरु लुम्बिनी र काथेरेसले भगिनी सम्बन्ध गासिसकेका छन् । दुवै नगरका प्रमुखहरुले लुम्बिनीमा गतवर्ष नै हस्ताक्षर गरेर सम्बन्ध जोडेका थिए ।

कार्यक्रममा सहभागी बन्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँगै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, उपमेयर बिद्या लक्ष्मी गुरुङलगायतको नेपाली टोली मंगलबार म्याड्रिड आइपुग्ने छ ।

नेपाली टोलीले स्पेनको संघीय तथा प्रदेश सरकारका अधिकारीहरुसँग भेटबार्ता गर्दैछ।

लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी परियोजनाको अवधारणा
लेखकको बारेमा
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?