+

त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

२०७८ वैशाख  ३ गते १४:५८ २०७८ वैशाख ३ गते १४:५८
त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

३ वैशाख, काठमाडौं । काठमाडौंमा शनिबार शुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लर नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार साेल्टी हाेटलमा ट्रफी सार्वजनिक गरे । सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन हाेटलदेखि मैदानसम्म सबै प्राेटाेकल अपनाएकाे बताए ।

क्यानका महानिर्देशक राैनक मल्लले काेभिडकाे बेला पनि सिरिज गर्नु चुनाैतीपूर्ण रहेपनि त्यसकाे लागि सबै मिलेर मिहिनेत गरेकाे बताए । सिरिजमा कोरोना भाइरस महामारीबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने बताए । उनले खेल हेर्ने टिकट डिजिटल प्रविधिबाट लिन सकिने बताए ।

उनले धेरै दर्शक सहभागी नगराउने र मास्क र सेनिटाइजर अनिवार्य गरिने पनि बताए ।  ‘सरकारबाट लिखित केही नआएकाेले कति दर्शक प्रवेश गर्ने यकिन छैन । तर काेभिडकाे प्राेटाेकल सबै अपनाइनेछ’ उनले भने ।

प्रतियोगितामा सहभागी हुने सबै तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ ।

कोरोना भाइरस खेलकुद त्रिकोणात्मक टी २० सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय