
७ वैशाख, काठमाडौं । जापानका वैज्ञानिकहरुले पाँच मिनेटमा नै कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नतिजा दिने प्रविधि विकास गरेका छन् ।
रिकेन रिसर्च इन्स्टिच्युट र टोकियो युनिभर्सिटीका शोधकर्ताहरुले उक्त प्रविधि विकास भएको मंगलबार जापानका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ प्रविधि कोरोना परीक्षणको लागि अहिले प्रयोग हुने गरेको पीसीआरभन्दा फरक रहेको वैज्ञानिकहरुले बताएका छन् । यसमा विशेष किसिमको ग्लास प्लेटको प्रयोग गरिएको हुन्छ ।
यो ग्लास प्लेटमा कोरोना भाइरस भएको कुनै नमूना राख्ने हो भने यसबाट प्रकाश उत्पन्न हुन्छ । यसबाट कति संख्यामा भाइरस छ भन्ने पनि थाहा पाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।
जापानमा अहिले पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा कम्तीमा एक घण्टा लाग्छ । वैज्ञानिकहरुका अनुसार अबको केही वर्षमा नयाँ प्रविधिको व्यावसायिकरुपमा उपलब्ध हुन सक्छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4