+
+

जसपा बैठक : कार्यकारिणी समितिको बैठक बोलाउन सहमति जुटेन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १४:३०

१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएपनि सहमति जुटेन ।

स्रोतका अनुसार संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए ।

तर अध्यक्ष महन्थ ठाकुर लगायतले त्यसमा सहमति नजनाएका जसपा स्रोतले जनाएको छ । पर्सिबाट उपत्यकामा निषेधाज्ञा सुरु हुने भएकाले बैठक बस्न नसक्ने उनीहरुको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?