
फाइल तस्वीर
२० वैशाख, डोटी । डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले जानकारी दिए ।
पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।
वैशाख ५ गतेदेखि यता डोटीमा २०१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सोमबार मात्रै ५७ जनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै ४५ जनामा एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4