+
+

जनकपुरधाममा बोराभित्र पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १९:००
प्रतीकात्मक तस्वीर

२१ वैशाख, जनकपुरधाम । जनकपुरधाममा एक पुरुषको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।

बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार मृतक पुरुषको घाँटीमा निलडाम देखिएको छ । ‘उनले आत्महत्या गरेका हुन् कि कसैले हत्या गरेको हो भन्ने विषयमा पोष्टमार्टको रिपोर्ट आएपछि खुल्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?