+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दीपकको प्रण–‘सामाजिक संजालमा सकारात्मक कुरा मात्र पोष्ट गर्नेछु’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते ९:५०

कलाकार दीपकराज गिरीले कोभिडसँगको लडाई जारी रहुन्जेलसम्म आफ्नो सामाजिक संजालमा नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सामाजिक संजालमा दैनिक रुपमा देखिने तस्वीर र नकारात्मक कुराले कोभिडका बिरामीलाई झनै समस्यामा पारेको र मानिसहरुमा मानसिक रोग बढ्न थालेको भन्दै आफूले नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गरेका हुन् ।

उनले लेखेका छन्–‘सरकारलाई २ शब्द कसैले केही भनोस् एकाथरी कार्यकर्ताहरु अरिंगाल झै झम्टिन्छन् । गाली गलौच मै उत्रन्छन् । अर्कोतिर, गाउँमा भैसीले राम्रोसँग दुध दिएन भने पनि सरकारलाई नै गाली गर्ने सोच बसेको छ । एउटा पक्षले अर्को पक्षको खेदो खन्यो, राज्यले केही दिएन भन्यो बुरुक बुरुक उफ्रियो । अधिकारी शत प्रतिशत चाहिने तर कर्तव्य पुरा गर्नु नपर्ने ।’

दीपकले युटुबको ट्रेन्डिङको बिषयमा पनि लेख्दै भनेका छन्–‘देवरले भाउजु उडायो, कसको डिभोर्स भयो, कोसँग लिभिङ रिलेशनमा छ, हत्या हिंसाका कुरा, अर्काको निजी भन्दा निजी कुरा सामाजिक संजालमाउदेक लाग्दो ढंगले छरिएका हुन्छन् ।’ उनले, यस्तो सामाग्री हेरेपछि कोभिडसँग लडिरहेका बिरामीलाई सिधै निमोनिया होला भन्ने डर भएको भन्दै सामाजिक संजाल भाइरल हुने चाहना, रिस र कुन्ठा पोख्ने थलो भएको उल्लेख गरेका छन् ।

उनले, आफू ब्यङ्ग्य गरेरै परिवार पाल्ने पेशामा रहेको भन्दै आफूले पनि केही हदसम्म नकारात्मक कुरा फैलाएको उल्लेख गरेका छन् । कोभिडको संक्रमण भएर घर बसेकाहरुले समय कटाउन फेसबुक खोले भने शारीरिक भन्दा मानसिक रोग बढ्ने संभावना बढी रहेको उल्लेख गरेका छन् । यसैले, कोभिडको लडाई जारी रहेसम्म घोचपेच, ब्यङ्ग्य, नकारात्मक कुराहरुलाई बन्द गरेर सकारात्मक कुरा मात्र पोष्ट गर्ने प्रण दीपकले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?