+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमालेका वडा सदस्यको अन्त्येष्टि तरुण दलबाट

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते २०:२८

२६ वैशाख, बुटवल । दुई दिनअघि मृत्यु भएका एमाले स्थानीय नेता एवं बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापा मगरको अन्त्येष्टि नेपाली कांग्रेसको युवा संगठन तरुण दलले गरेको छ ।

एमालेका स्थानीय नेता कार्यकर्ता अन्त्येष्टीमा नआएपछि तरुण दलका कार्यकर्ताले नै कम्युनिष्ट पार्टीको झण्डा ओढाएर बुटवलको मगरघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । ४४ वर्षका थापाको अस्पतालमा बेड खोज्दाखोज्दै नपाएर युनिभर्सल मेडिकल कलेजको प्रांगणमा एम्बुलेन्समै मृत्यु भएको थियो ।

‘मेडिकल कलेजबाट आज मगरघाटमा शबव ल्याएपछि एमालेका युवा नेताहरु मनोज गौचन, केशव कार्की लगायतलाई थोरै जना भएपनि आउन बोलायौं तर आएनन्’ कांग्रेस युवा नेता मुक्तिराज पौडेलले भने, ‘धेरै प्रयासपछि कृष्ण कुमालले झण्डा ल्याएर छाडेर जानुभयो, त्यसपछि तरुण दलका वडा अध्यक्ष रवि गौचनले कम्युनिष्ट पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली दिनुभयो ।’

मृतकका भान्जा ज्वाईं हरि क्षेत्रीले एमालेको इमान्दार सिपाही भएपनि पार्टीबाट एकजना पनि अन्त्येष्टीमा नआउँदा दुःख लागेको तर फरक दलका युवाहरुले न्याय दिएको बताए । एमालेका स्थानीय नेता मेघराज भट्टराईले धेरैजसो नेता कोरोना संक्रमित भएका र बाँकी कोरोना संक्रमणको जोखिम भएकाले अन्त्येष्टीमा जान नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?