५ जेठ, काठमाडौं । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।
बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो ।
यो पनि पढ्नुहोस भूकम्पबारे गाउँपालिका अध्यक्ष भन्छन्- ‘भागाभाग भयो, मानवीय क्षतिबारे थाहा छैन’ यो पनि पढ्नुहोस लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प