
५ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वेलायतको फरेन एण्ड कमन वेल्थ कार्यालयका राज्यमन्त्री लर्ड अहमेदसँग भर्चुअल बैठक गरेका छन् ।
सो बैठकमा कोभिड–१९ को सन्दर्भ लगायत विभिन्न दुईपक्षीय विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुवैले कोरोना महामारीविरुद्धको लडाईंमा ऐक्यवद्धता व्यक्त गरेका थिए ।
मन्त्री ज्ञवालीले वेलायतले अन्य सामान्य समय र अहिलेको कठिन अवस्थामा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । बेलायती मन्त्रीले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन् ।
नेपालले महामारी नियन्त्रणबारे बेलायतबाट पनि सहयोगको अपेक्षा गरेको छ । बेलायतले छिटै नै सहयोग घोषणा गर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4