+
+

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी, सुवेदीले दिए राजीनामा

जनक विष्ट जनक विष्ट
२०७८ जेठ १४ गते १७:४०

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने र नयाँ नियुक्त गर्ने तयारी छ ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ । यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्न लागेका हुन् ।

स्रोतका अनुसार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राजीनामा दिएका छन् । पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिने एमाले स्रोतले बताएको छ ।

मन्त्री हुने लाइनमा पूर्णा जोशी, अर्चना गहतराज, जुनकुमारी चौधरी, दीर्घ सोडारी, लालबहादुर खड्काको नाम चर्चामा छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?