+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टावर मर्मत नहुँदा दार्चुलाका स्थानीयहरु ७ महिनादेखि सञ्चार सेवाबाट बञ्चित

रासस रासस
२०७८ जेठ १७ गते १७:२२

१७ जेठ, दार्चुला । व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय बासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुर्‍याएको थियो ।

सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका-१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट बञ्चित भएका छन् । स्काइ टावर राखिएको घर नै हिमपातले भत्काएको छ ।

भवनको छत भत्किएपछि भवनभित्र रहेका टेलिकमको विटिएस, रेडियो प्रणालीलगायतमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । उनले भने, ‘भवन पूरै भत्काएको छ, के कति क्षति भयो भन्ने यकिन जानकारी हामीसँग पनि छैन् ।’

‘सामान्य अवस्थामा भए हामीले नै मर्मतसम्भार गर्थ्यो’’, उनले भने, ‘टावरको पूरै क्षति भएकाले हामीले बनाउन सक्ने अवस्था रहेन् । टावरले काम नगरेको बारे सम्बन्धित निकायलाई जानकारी गराइएको छ ।’

अहिले व्यासमा भाइनेट इन्टरेन मात्र चलेको छ । ‘वाइफाइबाट मात्र आफन्तसँग कुराकानी गर्न मिलेको छ’, छाङ्गरुका स्थानीय योगेश बोहराले भने, ‘फोन गर्न पाइएको छैन।’

छाङ्गरुमा नेपाल टेलिकमले दुई वटा ल्यान्ड लाइन जडान गरेको छ ।तर अहिले उक्त फोन पनि सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । नागरिकले दिनहुँ व्यक्तिगत सम्पर्क गर्नको लागि सशस्त्र प्रहरीकामा गएर कुराकानी गर्न पनि समस्या हुने गरेको स्थानीय बताउँछन् ।

छाङ्गरुमै नमस्तेको फोरजी सेवासहितको फोन पुनः सञ्चालन गर्न भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?