+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते २०:२३

१९ जेठ, वीरगञ्ज । स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

सौरभलाई प्रहरीले नारायणी अस्पतालका डा. निरज सिंहलगायत वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोप लगाएको छ ।

फेसबुक एकाउन्ट तथा मेसेन्जरबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी स्वास्थ्यकर्मीमाथि विभिन्न आरोप लगाउने, चरित्र हत्या गर्ने र धम्क्याउने काम गरेकाले साहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘चिकित्सक स्वास्थ्यकर्मी मात्रै हैन, उनीहरुको आफन्तहरुलाई समेत जथाभावी म्यासेज गरेर दुःख दिएका रहेछन्,’ उनले भने, ‘पीडित पक्षको जाहेरी दरखास्तको आधारमा उनलाई पक्राउ गरेर आवश्यक कानुनी कारबाही प्रक्रिया शुरु गरेका छौं ।’

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट प्रहरीले ५ दिन म्याद लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?