+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

८७ वर्षका प्रितम सिंहले जिते कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते २२:३८

नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ पि्रतम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् ।

नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ ।

सन् १९५७ मा २२ वर्षको उमेर छँदा पि्रतम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौं प्रवेश गरेका थिए । उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ ।

त्यसबेला काठमाण्डौ आएका उनलाई तत्कालीन राजा महेन्द्रले यहीँ बस्न आग्रह गरे। राजा महेन्द्रले सिंह बाबुछोरालाई आफूसँगै ल्याएको ट्रक यहीँ चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्धत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।

उनीहरुको मद्धतबाटै काठमाण्डौमा शिख समुदायको प्रवेश बढी ठूलो संख्या भएको सो पुस्तकमा उल्लेख छ ।

नेपालका शिख समुदायका प्रेरणाका स्रोत तथा ट्रान्सपोर्ट पायोनियर ८७ वर्षीय प्रितम सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत थिए । २२ दिन लामो उपचारपछि उनले कोरोनामाथि जित हासिल गरेका हुन् ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?