Comments Add Comment

अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिममा ५ खेलाडी परिवर्तन

२८ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

उक्त खेलमा नेपालको पहिलो रोजाईको टिम सार्वजनिक भएको छ । जसमा ५ खेलाडी परिवर्तन गरिएको छ । जोर्डनविरुद्ध खेलेको नेपाली टिमबाट आज ५ खेलाडी परिवर्तन गरिएको हो ।

फरवार्ड अन्जन विष्ट आज बेन्चमा छन् भने नवयुग श्रेष्ठ पहिलो रोजाईमा छन् । अघिल्लो खेल खेलेका अन्जनसहित अभिषेक रिजाल, सन्तोष तामाङ, दिनेश राजवंशी आज बेन्चमा छन् भने विकास खवास चोटका कारण खेल्न नसक्ने भएका छन् ।

उनीहरुको स्थानमा नवयुगसहित सुनील बल, एरिक विष्ट, विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईमा खेल्दैछन् ।

छनोटको समूह बी मा रहेको नेपालले यसअघि ७ खेल खेल्दा ५ खेल हारेको थियो भने २ खेल मात्र जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment