+
+

केन्यामा लडाकू विमान दुर्घटना, १० सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १८:५७

१० असार, काठमाडौं । केन्यामा लडाकू विमान दुर्घटना हुँदा कम्तीमा १० सैनिकको मृत्यु भएको छ । केन्याको सेना र स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार बिहीबार राजधानी नैरोबीमा अवतरण गर्ने क्रममा सेनाको उक्त विमान दुर्घटनामा परेको हो ।

सेनाले विज्ञप्ति जारी गरेर स्थानीय समयअनुसार बिहान ९ बजे केन्याको एयर फोर्सको एमआई १७१ ई मोडलको हेलिकोप्टर दुर्घटनामा परेको छ । विमानमा सवार १० जनाको मृत्यु भएको छ भने थप १३ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकाहरुको नैरोबीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

अधिकारीहरुका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरु ट्रेनिङ मिसनमा थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?