+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा कोभिड कोषमा ४८ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १८:०९

११ असार, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालको कोभिड कोषमा ४८ लाख सहयोग गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको २ जेठको परिपत्र अनुसार समितिका सदस्यहरुबाट उठाएको रकम राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा जम्मा गरेको समितिका सभापति आनन्द बिष्टले विज्ञप्ति मार्फत् जानकारी दिए।

विज्ञप्ति अनुसार कोभिड(१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि रकम उठाउन पार्टीले परिपत्र गरेलगत्तै समितिको अमेरिका केन्द्रीय समितिको बैठक बसी रकम संकलन सुरु गरिएको थियो ।

यस क्रममा समितिको अनुरोध र पार्टीको परिपत्र अनुसार समितिमा आबद्ध सदस्यहरूबाट ४१ हजार ३४ सय अमेरिकि डलर संकलन गरेको समितिले जनाएको छ । सो रकम दुई पटक गरी नेपाल पठाइएको बिष्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?