+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सार्वजनिक स्थानमा महिलाहरुलाई हैरानी दिएको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १३:३३

१७ असार, भक्तपुर । सार्वजनिक स्थानमा महिलाहरुलाई हैरानी दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप सुनापती गाँउपालिका-५ रुपाकोट स्थायी घर भइ भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ३६ वर्षीय चमार सिं तामाङ रहेका छन् ।

उनीमाथि कमलबिनायक, आदर्श चोक लगायतका सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिडडुल गरिरहेको महिलाहरुलाई मोटरसाईकलमा चढेर आएको ब्यक्तिले चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिने महिलालाई एकान्त ठाँउमा आफ्नो यौनाङ्ग देखाउने लगायतका कार्यहरु गरेको आरोप छ ।

पक्राउ परेका उनीमाथि अभद्र व्‍यवहार र सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?