Comments Add Comment

एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक संवादमा

१९ असार, काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक संवादमा जुटेका छन् । ललितपुरको एक होटलमा नेताहरुबीच संवाद भइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म संसद् विघटन विरुद्ध दायर मुद्दाबाट हस्ताक्षर फिर्ता नलिए एकता नहुने चेतावनी दिए पनि दोस्रो तहका नेताहरुले भने संवाद तोडेका छैनन् । शनिबार दिउँसो ३ बजे अध्यक्ष ओलीले बालुवाटारमा बैठक बोलाएका छन् ।

शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकलाई शनिबार पनि निरन्तरता दिइएको छ । तर यो वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने अनुपस्थित छन् ।

अनौपचारिक संवादमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेललगायत छन् सक्रिय छन् भने नेपालका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकण विष्ट, भीम आचार्यलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment