Comments Add Comment

प्रतिगमनको छिटा सदनमा देखिन थाल्यो : श्रेष्ठ

फाइल तस्वीर

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको टिप्पणी गरेका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाए ।

उनले राष्ट्रियसभाको अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने बतँए । साथै सदनलाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने भन्दै श्रेष्ठले अघि भने, ‘सम्माननीय अध्यक्ष पहिला कुन पार्टीको हुनुहुन्थ्यो, त्यो पार्टीमा पनि कुन गुटको हुनुहुन्थ्यो, सोच्ने बेला छैन । सम्मानीय राष्ट्रियसभाको अभिभावकको भूमिकामा हुनहुन्छ । केपी ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नुहुने छैन र राष्ट्रियसभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा गरेको छु ।’

तर कताकता प्रतिगमनको छिटा सदनमा आएको महसुस भएको उनले बताए । यसअघि ३० मिनेट बोलेका श्रेष्ठले अहिले आफूलाई २० मिनेट माग्दा पनि १५ मिनेट मात्र पनि दिएको भन्दै आपत्ति जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment