+
+

चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १८:३५

२१ असार, काठमाडौं । थानकोटमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटका ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुरको दामनका २५ वर्षीय मनोज दोङ तामाङलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोमलाल र मनोजसहित तीन जनाले आइतबार राति ९ बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भई काठमाडौंको थानकोट मंगलोदय स्कुल नजिकै बस्दै आएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाँटी र ढाडमा चक्कु प्रहारबाट गम्भीर घाइते बनेका साहको सोमबार बिहान राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?