+
+

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १४:४०
फाइल तस्वीर

२४ असार, काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनर्निर्माण भइरहेको छ ।

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।

हालसम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए । । लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले बताए ।

सुरुमा निर्माणको लागि चाहिने काठको अन्यौल रहेपनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराईका जिल्लाबाट गोलाकाठ ल्याइ हेटौंडामा चिरान गरेर काठमाडौं ल्याउने गरेको छ । काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग भइरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?