+
+

सर्लाहीमा करेन्ट लागेर एक एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १९:३०

२६ असार, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर ८ बस्ने ५५ बर्षीय जयनारायण महतोको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्तपाल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?