+
+

पेट्रोलियम पदार्थको मूल्‍यवृद्धि विरुद्ध पाँच विद्यार्थी संगठन आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १५:००

२७ असार, काठमाडौं । विपक्षी दलका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्‍य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने निर्णय गरेको हो ।

यसअघि पाँच विद्यार्थी संगठनले विघटित संसदको पुन:स्थापना, एसइइ र १२ कक्षाको पीक्षामा देखिउको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्‍या लगायतको माग गर्दै प्रदर्शन आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?