+
+

अदालतले आफ्नो गरिमा बढायो : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १५:०७

२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए ।

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।

यो व्याख्याले संविधानको व्याख्या भएको नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?