Comments Add Comment

फिल्म क्षेत्र भित्र नै विकल्प खोज्नुपर्छः पुष्प खड्का

नेपाली चलचित्रका सफल नायक पुष्प खड्काले संकटको यो समयमा मनोरञ्जन क्षेत्र भित्र नै विकल्प खोज्नुपर्ने बताएका छन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै पुष्पले चलचित्र उद्योग लामो समयदेखि ठप्प रहेको समयमा आफूले नयाँ विकल्पको खोजी नगरेको बताएका छन् । उनले भने–‘मैले अहिले नै अरु केही काम पनि सुरु गर्नुपर्छ कि भनेर खोजी सुरु गरेको छैन । यही क्षेत्र भित्र नै थुप्रै अवसरहरु छन् । अहिलेको अवस्थामा यही क्षेत्र भित्र नै अवसरको खोजी गर्नुपर्छ ।’

पुष्पले फेरि पनि चलचित्र क्षेत्रमा राम्रो दिन आउने भन्दै यसका लागि केही समय धैर्य गर्नुपर्ने बताए । उनले भने–‘मेरा अझै पनि ३ वटा चलचित्र रिलिजको तयारीमा छन् ।

निषेधाज्ञापछि ३ वटा म्युजिक भिडियोमा काम पनि गरिसकेको छु । यसैले पनि यहाँ भित्र थुप्रै विकल्प छन् । म तिनै विकल्पमा काम गरिरहेको छु ।’

गतबर्ष पुष्पको चलचित्र ‘कृष्ण लीला’ रिलिजको तयारीमा थियो । तर, कोरोना संक्रमण बढेपछि यो चलचित्र रिलिज हुन पाएन । उनले चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन र डबिङ सकिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment