Comments Add Comment

माङसेबुङ गाउँपालिका-४का वडा सदस्यको मोटरसाइकल दुर्घटनामा निधन

३१ असार, इलाम । मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ ।

बुधबार साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाम माङसेबुङ गाउँपालिका-४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन् ।

आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा चोट देखिएको थियो ।

सख्त घाइते भएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment