
६ साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले वीपी स्मृति दिवसका दिन बाँडेगाउँ पुगेर वृक्षारोपण गरेका छन् ।
बुधबार बिहान ललितपुरको बाँडेगाउँमा रहेको स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर गृहमन्त्री खाँणले वृक्षारोपण गरेका हुन् । उनले एभोकाडोको विरुवा रोपेका हुन् ।
कांग्रेस नेता रामहरी खतिवडाका अनुसार कार्यक्रममा सहभागीले विभिन्न फलफूलका बिरुवा रोपेका थिए । १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
मुलुकमा प्रजातन्त्र ल्याउन जहानियाँ राणा शासनविरुद्ध क्रान्ति गरेका वीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् ।
कांग्रेस संस्थापक वीपी राजनीतिमा मात्र नभइ साहित्यिक क्षेत्रमा पनि स्थापित व्यक्ति हुन् । कांग्रेसले कोइरालाको ३९औंँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाउँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4