+

म्यानयूमा सोल्सायरकाे सम्झाैता २०२४ सम्म

२०७८ साउन  ९ गते १९:५१ २०७८ साउन ९ गते १९:५१
म्यानयूमा सोल्सायरकाे सम्झाैता २०२४ सम्म

९ साउन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले सम्झौता नवीकरण गरेका छन् । युनाइटेड र साेल्सायरबीच भएकाे सम्झौता अनुसार सोल्सायर सन् २०२४ सम्म युनाइटेडमा बस्नेछन् । जसमा एक वर्ष थप गर्ने विकल्पसमेत राखिएको छ ।

युनाइटेडका पूर्व खेलाडीसमेत रहेका नर्वेजियन प्रशिक्षक सोल्सायरले सन् २०१९ को मार्चपछि क्लबकाे स्थायी प्रशिक्षक बनेका थिए । त्यसअघि मुख्य प्रशिक्षक जोसे माउरिन्हो बर्खास्तमा परेपछि साेल्सायर युनाइटेडकाे अन्तरिम प्रशिक्षक बनेका थिए ।

साेल्सायरकाे प्रशिक्षणमा गत सिजन युनाइटेड प्रिमियर लिगमा दोस्रो भएकाे थियाे । यस्तै युरोपा लिगको फाइनल पुगेपनि युनाइटेड पराजित भएकाे थियाे ।

सोल्सायरले सम्झाैता नवीकरणपछि आफू खुसी रहेको बताए । साेल्सायरले खेलाडीकाे रुपमा युनाइटेडमा ११ वर्ष बिताएका थिए ।

खेलकुद म्यानचेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय