+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बैंकिङ कसुरमा १३ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १६:२६

११ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्‍यास नगरपालिका-९ की ४५ वर्षीया शोभा गुरुङ रहेकी छिन् ।

उच्च अदालत पाटनको २०७७ साल चैत ३० गतेको फैसलाले गुरुङरीलाई १३ लाख ७० हजार जरिवाना र १४ दिन कैद सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले गुरुङलाई सोमबार कुपण्डोलबाट पक्राउ गरेको जनाएको छ ।

गुरुङले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्यानमा पारी सानिमा बिकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई १३ लाख ७० हजार बराबरको चेक काटेर दिएकी थिइन् ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

गुरुङलाई फैसला कार्यान्वयनको लागि पाटन उच्च अदालतमा सोमबार पेश गरिएको छ भने उनलाई सोमबार नै कारागार चलान गरिएको ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

यसअघि ब्‍यूरोले आइतबार बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारीलाई बैंकिङ कसूरमा बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?