+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘स्टोरी बैंक’मा कथा तथा पटकथा दर्ता गर्न बोर्डको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते ११:५१

नेपाल सरकारले चलचित्र विकास बोर्ड मार्फत चलचित्रमा सह–लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । गत बर्ष चलचित्र विकास बोर्डले यथार्थपरक, कलात्मक चलचित्र निर्माणका लागि प्रोत्साहन गर्ने भन्दै ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । बोर्डको यो योजनालाई सरकारले आफ्नो बजेटमा समेत समावेश गरेको थियो ।

‘स्टोरी बैंक’मा दर्ता हुन आएका कथामध्ये केहीलाई छनोट गरेर चलचित्र विकास बोर्डले सह–लगानी गर्ने बताइएको छ । चलचित्र विकास बोर्डले अब कथा तथा पटकथाको आह्वान गरेको छ । विकास बोर्डले गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै ६० दिन भित्र कथा पेश गर्न आह्वान गरेको हो ।

सूचनामा मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, सांकृतिक, सन्देशमुलक चलचित्र निर्माणमा प्रोत्साहन लागि उत्कृष्ट कथा, पटकथा छनोट गरेर सह–निर्माण गरिने उल्लेख गरिएको छ ।

स्टोरी बैंकमा कथा दर्ता गर्नका लागि कथा, पटकथा लेखक वा निर्माता नेपाली हुनुपर्ने, चलचित्रको कथा, पटकथामा चलचित्र निर्माण गरिसकेको हुनु नहुने, लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्ने, चलचित्र निर्माण गर्न लेखकसँग संझौता भएको कथा, पटकथा लेखक र निर्माणपक्षविच संझौतापत्र पेश गर्नुपर्ने शर्त अगाडि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?