+
+

गुल्मीको बोटे युवालाई सत्‍यावती गाउँपालिकाले दियो माछा मार्ने जाल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १३:२७

२० साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले बोटे माझी सस्कृति तथा सीप संरक्षणको लागि माछा मार्ने जाल वितरण गरेको छ ।

गाउँपालिकाले वडानम्बर-१ अस्लेवामा रुद्रावेनीका १० जना बोटे माझी समुदायका युवाहरुलाई माछा मार्ने जाल वितरण गरेको हो ।

जाल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पुर्खाले गर्दै आएको आफ्नो कला, सीप, सस्कृति संरक्षणमा बोटे माझी युवाहरुलाई पालिकाले सहयोग गर्ने बताए । वितरण गरिएका जालले बोटे माझीका युवालाई माछा मार्न सजिलो हुने गाउँपालिकाले जनाएको छ ।

खोलामा जाल फालेर माछा मार्ने बोटे माझीको पेसा हो । कतिपय स्थानमा बोटे माझीले खोलामा जाल फालेर माछा मारेरै दैनिकी चलाउँदै आएका छन् ।

नदीमा करेन्ट लागेर माछा मार्ने प्रवृतिलाई अन्त्य गर्न र युवाहरुलाई प्रोत्साहन गर्दै सीपलाई बचाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?