+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ग्लोबल आइएमई बैंकले एकै दिन सञ्चालनमा ल्यायो ७ नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १९:४०

ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं जिल्लामा सितापाइला, बालाजु चोक र अशनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

ललितपुर जिल्लामा धोबीघाट र भैंसेपाटी तथा भक्तपुर जिल्लामा गठ्ठाघरमा नयाँ शाखाहरु संचालनमा ल्याइएको बैंकले जनाएको छ। त्यस्तै धादिङ जिल्लाको धादिङबेसीस्थित बिचबजारमा नयाँ शाखा सञ्चालनमा आएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?