
२७ साउन,काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजाबी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ तोकेको छ ।
मंगलबार १ हजार २०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बुधबार चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4