+

साविक विजेता सिटी पहिलो खेलमै टोटनहमसँग पराजित

२०७८ साउन  ३२ गते ६:२९ २०७८ साउन ३२ गते ६:२९
साविक विजेता सिटी पहिलो खेलमै टोटनहमसँग पराजित

३२ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आइतबार भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जिताउन दक्षिण कोरियन खेलाडी हेउन मिन सनले निर्णायक गोल गरे ।

सनले ५५औं मिनेटमा स्टेभेन बर्जविनको पासमा गोल गरेका थिए । त्यही गोल टोनहमलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यसै सिजन सिटीमा अनुबन्ध भएका ज्याक ग्रिलिसले सिटीको लागि पहिलो रोजाइमा खेलेका थिए ।

तर टोटनहमका मुख्य फरवार्ड ह्यारी केन भने सिटीविरुद्ध खेल्ने टिममै थिएनन् ।

टोटनहमले तीन अंक जोड्दा सिटीले भने हारबाट लिग सुरुआत गरेको छ ।

टोटनहमका नयाँ प्रशिक्षक नुनो एसपिरितो सान्तोको लागि सुदख सुरुआत भएको छ ।

आइतबारै भएको अर्को खेलमा वेष्टहमले न्युकासललाई ४-२ ले पराजित गरेको छ ।

प्रिमियर लिग म्यान्चेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय