Comments Add Comment

कैलाली र कञ्चनपुरमा भदौ १० गतेसम्म निषेधाज्ञा

३२ साउन, धनगढी । कैलाली र कञ्चनपुरमा स्थानीय प्रशासनले भदौ १० गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिडको तेस्रो लहरको सम्भावना कायम रहेको भन्दै जारी निषेधाज्ञालाई भदौ १० गतेसम्म जिल्लाभर निरन्तरता दिने आदेश गरेका छन् ।

प्रजिअ रिजालद्वारा जारी आदेशमा सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । मास्कको प्रयोग नगर्नेलाई प्रचलित कानून बमोजिम मंगलरबारदेखि नै जरिवाना गरिने पनि प्रशासनले जनाएको छ ।

जारी आदेशको पालन गर्न अनुरोध गर्दै उल्लङ्घन गर्नेलाई प्रचलित कानूनबमोजि कारवाही हुने कुरा समेत आदेशमा उल्लेख गरिएको छ ।

कञ्चनपुरमा पनि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सोमबार नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आएपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गरेका हुन् ।

जारी आदेशअनुसार मानिसको बढी भीडभाड हुने सबै प्रकारका सम्मेलन, संग्रहालय, सिनेमा हल, पार्टी प्यालेस, रेष्टुरेन्ट, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

खुला स्थानमा मानिसको भेला गराएर भीडभाड, सभा जुलुस तथा भोज भतेर गर्न पनि बन्देज लगाइएको छ । शैक्षिक संस्थाहरुले भौतिक रुपमा उपस्थित भएर पठनपाठन पनि गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment