Comments Add Comment

गर्मी

List Grid
गर्मीमा स्वस्थ्य रहन के गर्ने ?

गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन सक्छौं, आलस्यतालाई हटाउन सक्छौं । गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने मौसमअनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहनसक्छौं । […]

गर्मीमा ‘लू’बाट कसरी बच्ने ?

अहिले सबैको ध्यान कोरोनातर्फ सोझिएको छ । यद्यपि अन्य किसिमका स्वस्थ्य समस्याले पनि मान्छेहरूलाई सताइरहेकै छ । त्यसैले कोरानाको संक्रमणबाट बच्ने सावधानी अपनाइरहँदा अन्य स्वास्थ्य समस्याप्रति पनि सर्तक हुनुपर्छ । गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ […]

६ काइदा : गर्मीमा घरलाई यसरी शीतल बनाउन सकिन्छ

गर्मीको राप बढ्दै जाँदा घरभित्र बस्न पनि उकुसमुकुस हुन्छ । घर नै बाफिएको जस्तै लाग्छ । यस्तो अवस्थामा घरलाई कसरी खुला राख्ने ? कसरी शीतलता प्रदान गर्ने ? यी सामान्य काइदा हुन् । तर, निकै उपयोगी हुन सक्छ । काइदा एक जस्तो घर वा कोठामा धेरै सरसामान नराख्ने । खासै प्रयोगमा नआउने सामग्रीहरू स्टोर अर्थात् […]

मध्य तराईमा अत्यधिक गर्मी, वीरगञ्जको तापक्रम ४० डिग्री

७ भदौ, वीरगञ्ज । मध्य तराईमा एक सातायता अत्याधिक गर्मी बढेको छ । पर्सा-बारा-रौतहटको जनजीवन गर्मीका कारण प्रभावित छ । यस क्षेत्रमा केही दिनदेखि दिनभर चर्को घाम लागिरहेको छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजारमा सर्वसाधरणको चहलपहल पातलिएको छ भने अस्पतालमा गर्मीका बिरामीहरुको संख्या बढेको छ । एक सातायता पानी कम परेकोले निकै गर्मी महसुस […]

महोत्तरीमा अत्यधिक गर्मी, तापक्रम ४२ डिग्री पुग्यो

४ साउन, महोत्तरी । महोत्तरी जिल्लामा तीन दिन यता बढेको अत्यधिक गर्मीसंगै चलेको तातो हावाले जनजीवन प्रभावित भएको छ । पछिल्लो तीन दिन यता जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । चर्को घाम र मध्यान्हमा चल्ने तातो हावाको कारण सर्वसाधारण घर बाहिर निस्कनसमेत समस्या भएको छ । पानी नपरेको कारण समेत तापक्रममा वृद्धि भएको […]

गर्मीमा कसरी गर्ने स्वास्थ्यको ख्याल ?

हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । अर्कोतिर झिँगा फैलने, लामखुट्टेले टोक्ने, साङ्लाले दुख दिने पनि गर्मी याममै हो । यद्यपी यो मौसमको खराबी होइन, हामीले […]

गर्मीमा भुलेर पनि यस्ता खानेकुरा नखाऔं

तपाईले अनुभव गरेकै हुनुपर्छ, गर्मीमा पेट त्यति स्वस्थ्य हुँदैन । खानेकुरा पच्दैन । गर्मीमा छिटै सड्ने, गल्ने भएकाले खानेकुराहरु ताजा पनि रहँदैन । बासी र सडेगलेको खानाले सास्ती दिन्छ । त्यसैले विज्ञहरु सुझाव दिन्छन्, गर्मीका बेला खानपानमा सतर्क हुनुपर्छ । सही हो, यसबेला खानपानमा सावधानी अपनाइएन भने पेटको समस्या झेल्नुपर्ने हुन्छ । कस्तो खानेकुरा गर्मीमा […]

गर्मीमा बाहिर निस्कनुअघि कस्तो सावधानी अपनाउने ?

चर्को घाममा घर बाहिर निस्कनुअघि केही सावधानी अपनाउनु पर्छ । किनभने यसले तपाईको सौन्दर्य र स्वस्थ्यमा असर गर्न सक्छ । घामबाट आउने अल्ट्राभाइलेट विकिरणले छालाको सम्पर्कमा आउँछ । यसले छालालाई रुखो र कालो बनाउँछ । त्यस्तै खाली पेट घरबाहिर निस्कनु पनि उपयुक्त हुँदैन । यसले स्वस्थ्यसम्बन्धी समस्या निम्त्याउँछ । छालाको सुरक्षा –    चर्को घाममा निस्कनुअघि […]

तराई मधेसमा गर्मी बढ्यो, पानी नपर्दा धानबाली सुक्ने डर

१३ भदौ, काठमाडौं । तराई मधेसमा एक सातायता अध्यधिक गर्मी बढेको छ । पानी पर्न छाडेको र चर्को घाम लाग्न थालेकाले पानीको अभावमा धानवादी सुक्ने डर किसानहरुमा बढेको छ । विशेष गरी सप्तरी, सिराहा, सर्लाही, धनुषा लगायतका जिल्लामा पानीको अभावका कारण धानबाली सुक्न थालेका छन् ।  पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पनि अत्यधीक गमी […]

अनौठो मानिस, जसलाई गर्मीमा जाडो हुन्छ, जाडोमा गर्मी

भारतमा एक यस्ता मानिस छन् जसलाई चिसो मौसममा निकै गर्मी हुन्छ भने गर्मी याममा जाडोको महसुस हुन्छ । मानिसहरु जब ठण्डीयाममा चिसोका कारण कठ्यांग्रिएर नुहाउने कुरा सोँच्न पनि सकिरहेका हुँदैनन् तब सन्तलाल नामका ती पुरुषलाई दिनमा चिसो पानीले ३।४ पटक नुहाउनुपर्छ । ठण्डीयाममा बफर खेलाउन नपाए उनलाई चैन हुँदैन । जबसम्म बर्फ पग्लिँदैन, तबसम्म उनी […]

गर्मीमा अनुहार र कपालको स्याहारः रुबी राणाका टिप्स

१० असार, काठमाडौं । अहिले गर्मीको मौसम । त्यसमाथि पानी पर्ने सिजन । हरेक दिनजसो काठमाडौमा पानी परेकै हुन्छ । पानी नपरे गर्मीले गर्दा शरीर पसिनाले नै भिजिरहेको हुन्छ ।  यस्तो बेला महिलाहरुले आफ्नो मेकअप तथा गेट-अपमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । विशेषगरी गर्मीको मौसम पसिनाले गर्दा तपाईले जति मेकअप गरे पनि त्यसको खासै […]

गर्मी बढ्दै जाँदा माछालाई अक्सिजन कमी

११ जेठ, काठमाडौं । तराईमा अत्याधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेका माछालाई  श्वास-प्रश्वासको मसइा देखिन थालेको कृषकहरुले जनाएको आजको कारोबार दैनिकमा समाचार छ । जिल्ला कृषि विमास कार्यालय रुपन्देहीले अहिलेसम्म श्वास प्रश्वसको समस्याले माछा मरेको जानकारी नभए पनि बेलैमा सचेत भए यो समस्याबाट जोगाउन सकिने […]

गर्मीका कारण तराईको जनजीवन अस्तव्यस्त

१८ वैशाख, धनुषा । धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लामा केही दिनदेखि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलो सँगैसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावा हुरीकै कारण आँप, हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बनेको छ । तातो […]