Comments Add Comment

ताप्लेजुङ

List Grid
ढिस्कोले पुरिएर बालकको मृत्‍यु

२८ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना […]

ताप्लेजुङमा एक साता निषेधाज्ञा

२१ वैशाख, ताप्लेजुङ। ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक […]

कार्यालयमा अनुपस्थित हुने १९ कर्मचारी कारवाहीमा

३ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बिदा स्वीकृत नलिइ कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई गाउँपालिकाले विभागीय कारवाही गर्ने भएको छ । गत चैतको पहिलो सातादेखि यही वैशाख ३ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतले हाजिरी छड्के निरीक्षण गर्दा १९ कर्मचारीलाई कारवाहीमा तानिएको बताइएको छ । सो कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौँ तहदेखि कार्यालय सहयोगीसम्मका १९ कर्मचारीलाई एकैपटक […]

ताप्लेजुङमा यसवर्ष चिराइतोको मूल्य बढ्यो , किसानलाई राहत

१ वैशाख, ताप्लेजुङ । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । अहिले ताप्लेजुङमा प्रतिमन रु १५ हजारका दरले चिराइतोको कारोबार भइरहेको छ । ‘गत वर्ष […]

ताप्लेजुङको आगलागी क्षेत्रमा पुगे मुख्यमन्त्री राई

२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् । बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई […]

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जले

१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले अनलाइनखबरलाई जानकारी दिइन् । उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना […]

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० बढी घर जले

१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन ताप्लेजुङ […]

ताप्लेजुङको दोभान बजारमा आगलागी

१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो । आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’ आगलागीको कारण खुलेको छैन । आगोले […]

प्रधानमन्त्रीले ताप्लेजुङमा स्वास्थ्य चौकीको उद्घाटन गर्ने, नाका हेरेर फर्कने

८ मंसिर, विराटनगर । १२ दिनअघि संखुवासभाको यात्रा गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पुन: पूर्वका दुई जिल्ला भ्रमणका लागि आएका छन् । २६ कात्तिकमा संखुवासभामा आयोजित तीन कार्यक्रममा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पुन: ताप्लेजुङ र इलामको भ्रमणमा निस्किएका हुन् । ताप्लेजुङ र इलाममा ओलीको विषेश कार्यक्रम भने छैन् […]

प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन् । उनले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन पछि सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई […]

पाथीभरा क्षेत्रमा रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

६ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको […]

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु       

११ असोज, का ठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-७ बहानन्देस्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन्द्र ओख्राबु लिम्बु रहेका छन् । सडकमा हिँडिरहेको समयमा लिम्बुलाई ना.६ त ३००० नम्बरको ट्याक्टरले आइतबार बिहान ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । ट्याक्टर […]

चहलपहल ह्वात्तै बढेपछि ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो

८ असोज, ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको संख्या ४३६ पुगेको छ । यसरी संक्रमितको संख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी […]

ताप्लेजुङमा पहिरोले स्कुल बगायो   

३ असार, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मंगलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर […]

ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले

२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार राति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । शुक्रबार राति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो […]

तिम्बुङ पोखरीको विवाद : मुन्धुम भर्सेस विष्णु भगवान !

४ भदौ, ताप्लेजुङ । जिल्लाको तिम्बुङ पोखरी छेवैमा निर्माण गरिएको मन्दिर अन्यत्रै सार्नुपर्ने स्थानीय लिम्बु समुदायले माग राख्दै आएका छन् । गत नागपञ्चमीदेखि बढेको विवाद समाधानका लागि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वदलीय/सर्वपक्षीय छलफल आयोजना भयो । तिम्बुङ पोखरी छेउमा विष्णु भगवानको मन्दिर बनाइएको भन्दै लिम्बुवान अभियन्ताले विरोध जनाएका छन् । त्यहाँ मन्दिर निर्माण हुँदा […]

योगेश भट्टराई भन्छन्– भीआईपीको उडानमा आचारसंहिता बनाऔं

१७ फागुन, काठमाडौं । नेकपा नेता तथा सांसद योगेश भट्टराईले मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताए । विद्यार्थी आन्दोलनमा रविन्द्र अधिकारीका सहपाठी समेत रहेका सांसद भट्टराईले […]

दुर्घटनास्थलमा हिउँ टक्टक्याउँदै प्रहरीले रात कटाए, बाँकी शव सुकेटार ल्याइयो

१६ फागुन, विराटनगर । बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको खबर पाउनासाथ चार घण्टाको यात्रापछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको टोली घटनास्थल पुगेको थियो । फुङलिङ नगरपालिको विकट क्षेत्र मयामको तारेभिरमा भएको दुर्घटनामा ज्यान गुमाएका मध्ये बुधबार मन्त्री रविन्द्र अधिकारीसहित चार जनाको शव […]

को हुन् ताप्लेजुङ दुर्घटनामा परेका सुरक्षाकर्मी अर्जुन घिमिरे ?

१५ फागुन, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् । सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० […]

को हुन् ताप्लेजुङ दुर्घटनामा परेका सुरक्षाकर्मी अर्जुन घिमिरे ?

१५ फागुन, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् । सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० […]

ताप्लेजुङको फुङलिङवासी ९ दिनदेखि अन्धकारमा

२९ जेठ, ताप्लेजुङ । विद्युत् सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुई वटा वडा विगत ९ दिनदेखि अन्धकारमय बनेका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत् आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत् सेवा बन्द भएपछि वडा नम्बर १० र ११ (साविकको हाङ्देवा र फुरुम्बु गाविस) अन्धकारमय बनेका हुन् । गएको जेठ २० गतेदेखि टर्वाइनमा […]