Comments Add Comment

त्रिभुवन आर्मी क्लब

List Grid
बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२८ चैत काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत जाने भएको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग […]

श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीको शानदार जित

२५ चैत, काठमाडौं । श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन टिमलाई ५–१ को फराकिलो अन्तरले हरायो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो […]

त्रिभुवन आर्मी र श्रीलंका पुलिस आज खेल्दै

२५ चैत, काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ । एएफसी कपको दक्षिण एसियाली समूहमा स्थान बनाउनका लागि यो पहिलो खुड्किलो समेत हो । यससहित तीन खेल जित्ने टिमले समूह डी मा स्थान बनाउनेछ । घरेलु टोली आर्मीले लगातार प्रशिक्षण गरिरहेको छ […]

एएफसी कप: श्रीलंका पुलिससँग खेल्न आर्मी तयार

२४ चैत, काठमाडौं । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत खवासले बताए। ‘हाम्रो तयारी राम्रो छ’ उनले भने। हालै काठमाडौंमा भएको थ्री नेसन्स लिगमा बेन्चमा बसेका उनले यो […]

काठमाडौं मेयर्स कपमा पुलिसको दोस्रो जित

२५ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट […]

काठमाडौं मेयर्स कपमा आर्मीको पहिलो जित

२४ फागुन, काठमाडौं । शाहब आलम र जितेन्द्र मुखियाको उत्कृष्ट बलिङ अनि सोमपाल कामीको उत्कृष्ट ब्याटिङको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर्स कप २०७७ मा पहिलो जित हात पारेको छ । सोमपाल कामीले ८० रन जोडेपछि काठमाडौं मेयर ११ ले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । आर्मी […]

राष्ट्रिय महिला लिग : विराटनगरको पोष्टमा आर्मीको ७ गोल

२९ माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिगमा सातौं जित हात पारेको छ । लिग अन्तर्गत बिहीबार भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले पहिलो हाफमा पाँच र दोस्रो हाफमा दुई गोल गर्‍यो । आर्मीको जितमा शर्मिला थापा र विमला विकले दुई-दुई गोल […]

बागमतीलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

१५ माघ, काठमाडौं । साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो । आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको […]

एएफसी कप छनोटमा आर्मीले श्रीलंका पुलिससंग खेल्ने

१४ माघ, काठमाडौं । नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंका पुलिससंग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्लेअफ खेल्नुपर्ने भएको छ । यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मख्य ड्र को समूह […]

त्रिभुवन आर्मी क्लबलाई एएफसी लाइसेन्स हस्तान्तरण

१५ पुस, काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी क्लब लाइसेन्स सर्टिफिकेट प्राप्त गरेको छ । एक साताअघि एएफसी लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब बनेको त्रिभुवन आर्मीलाई बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी लाइसेन्स सर्टिफेट प्रदान गरेको हो । बुधबार आयोजित एक कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आर्मीका प्रधानसेनापति पुर्ण चन्द्र थापालाई लाइसेन्सको सर्टिफिकेट […]

त्रिभुवन आर्मीले पायो एएफसी क्लब लाइसेन्स

७ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी)बाट क्लब लाइसेन्स प्राप्त गरेको छ । एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीलाई एएफसी क्लब लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । अब आर्मीले एएफसीको प्रतियोगिता खेल्ने बाटो खुलेको छ । आर्मी गत सिजनको शहीद स्मारक […]

भरत खवास लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी

काठमाडौं । भरत खवासले नेपालको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । लिग अन्तर्गत मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध गोल गर्दे भरतले ५० औं गोल पूरा गरे । ब्रिगेड ब्वाइज क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले ३-० को सहज जित हात पार्ने क्रममा भरतले पहिलो गोल गरेका थिए । आर्मीका कप्तानसमेत […]

आर्मी लिग उपाधिबाट तीन कदम टाढा

१९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मीले उपाधि होड कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नवयुग श्रेष्ठले दुई गोल गर्दा आर्मीले दुई पटक पछाडि परेर पनि पुनरागमन मात्र गरेन, महत्वपूर्ण तीन अंक जोड्यो । यससँगै आर्मीले उपाधि होडलाई […]

सिमरा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्दै

११ माघ, सिमरा । दशौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रीस्टारबीच शनिबार सिमरा रंगशालामा प्रतिस्पर्धा हुँदैछ । दुई पटकको विजेता आर्मी क्लबले थ्रीस्टार क्लबसँग सिमरा गोल्डकपमा दोस्रो पटक फाइनल खेल्न लागेको हो । थ्रीस्टारलाई हराउँदै आर्मीले गत वर्ष दोश्रो पटक सिमरा गोल्डकपको उपाधि जितेको थियो । २०७१ सालमा सम्पन्न छैठौं […]

भलिबलका उत्कृष्ट क्लब, खेलाडी र प्रशिक्षक पुरस्कृत

८ माघ, काठमाडौं । त्रिभुवन आर्मी भलिबल क्लबले एनभीए अवार्ड २०७३ जित्न सफल भएको छ । महिलातर्फ नेपाल एपीएफ क्लबको टोली उत्कृष्ट चुनियो । नेपाल भलिबल संघले पहिलो पटक वितरण गरेको अवार्डमा वर्ष २०७३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, टिम, तथा प्रशिक्षकलाई सम्मान गरेको हो । महिला र पुरुषतर्फका उत्कृष्ट टिमले ५०/५० हजार पुरस्कार पाएका […]

आर्मीले जित्यो खप्तड गोल्डकपको उपाधि

माघ १, कैलाली । दोस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै आर्मीले ११ लाख ११ हजार ११ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ […]

झापा–११ लाई हराउँदै आर्मी सताक्षी गोल्डकपको फाइनलमा

४ मंसिर, झापा । झापामा जारी सताक्षी गोल्डकपमा घरेलु टोली रमपम झापा–११ लाई हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनल यात्रा तय गरेको छ । सोमबार भएको खेलमा झापालाई ३–० गोल अन्तरले पाखा लगाउँदै आर्मीले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । फाइनलमा प्रवेश गरेसँगै आर्मीले कम्तिमा २ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । प्रतियोगिताको […]