Comments Add Comment

नेपाली साहित्य

List Grid
कहाँ उभिएको छ नेपाली उपन्यास ?

नेपाल र नेपालीमाथि केन्द्रित भएर उपन्यास कति लेखिए ? देशभरिका जनताको मनमा बस्न सफल महान् चेतनाले उच्चस्तरका उपन्यास लेखिए या लेखिएनन् ? राजनीतिक–आर्थिक या आर्थिक–सामाजिक मुद्दामा कति उपन्यास लेखिए ? भारतीय नेपाली साहित्यलाई भारतीय साहित्यको रूपमा हेर्ने कि नेपाली साहित्यको रूपमा हेर्ने ? उपन्यास भन्दै खालि उपन्यासिका मात्रै पो लेखियो कि ! किनकि उपन्यास युरोपको संस्कृति हो र उनीहरूकै परिभाषा अनुरूप यसलाई हामीले अपनाउनुपर्ने […]

नियात्रा : भुल्का भुल्कामा तालामाराङ !

धौलेको लेकमा चरक्क चर्कियो घाम ! काभ्रेका बाहुन र सिन्धुका भोटेले मीत लाएपछि धौलेश्वर महादेव पुगाइको महत्त्वमाथि साथीहरू गफ जोत्न थाले । मलाई लेकाली सम्बन्ध र साइनोमा गुजुल्टिरहन मनले दिएन । वरपरका थुम्कामा परेली फाल्दै छातीमा कुइरो, बादल, वनजङ्गल र सेताम्मे छहराका गीत पनि पढ्न आतुर छु । मध्य दिउँसो छ । धौले लेकपछि अब […]

कविता : बाकस

बाकस आयो, बाकस आयो छ फुटे बाकस आयो ! पल्लाघरे काकाले भने हिड़ जाउँ काठमाडौँ, तिम्रो बाबाको बाकस आयो   आमा त हिजै गैसकिछन् काका- आमालाई भन्दिनू म पुग्नुभन्दा पहिला नखोल्नु रे बाकस ! जादाखेरि बाले भनेर गा’थे कोशेली पठाउँछु तिम्रा लागि बाकसभरि आमाका लागि झोलाभरि   आमा त रुँदै गइन् अरे !!! आफ्ना लागि कम भो भनेर […]

लघुकथा : नोटिफिकेशन

केटो कोठामा बसेर मोबाइल चलाइरहेको छ। बेलाबेला फेसबुकमा के नयाँ समाचार आयो भनेर हेर्छ । बेलाबेला इन्टाग्राममा कतिवटा लाइक पाएँ भनेर हेर्छ। यीबाहेक कि त युट्युबमा भिडियो हेर्दै, कि त पब्जी खेल्दै समय काटिरहेको छ। छोरो बिहानदेखि बेलुकासम्म मोबाइलमा तल्लीन भएको देखेर आमा चिन्तित छिन्। केटाकी आमा – हैन, कति चैँ चलाएको मोबाइल ? त्यो मोबाइभित्रै छिरुँलाजस्तो गरी […]

शार्दूल भट्टराई : बैंक भर्सेस साहित्य

१७ माघ, काठमाडौं । २०४६ सालको जनआन्दोलन उत्कर्षमा थियो । वर्गीय र पेशागत क्षेत्रका कर्मचारी पनि जोडतोडले बहुदलीय प्रजातन्त्रका निम्ति संघर्षमा उत्रिएका थिए । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत युवा शार्दूल भट्टराई पनि साहित्यकारको मोर्चाबाट आन्दोलनमा सक्रिय भए । साहित्यकारको टोली त्रिचन्द्र क्याम्पसमा चैत्र-३ गते कालोपट्टी बाँधेर विरोध गर्न बस्यो । केहीबेरमै प्रहरीले पारिजात, आनन्ददेव भट्ट, […]

कथा : कफीको अन्तिम घुट्को

बिदाको दिन । साँझको समय । हप्ताभरको कामको थकान र तनाव कम गर्न म सियोल पुगेकी थिएँ । प्रायः बिदाका दिन म यसरी नै निस्कन्छु । कहिले समुद्रको जवानी हेरेर फर्किन्छु । कहिले उत्तर कोरियाबाट बहेर आएको चिसो बतास समात्न पुग्छु । यसरी नै मेरो विकेन्ड बित्छ । त्यसदिनको पनि घुमघाम, भेटघाट सकेर बासस्थान फर्किने क्रममा ट्रेन स्टेसनमा […]

युयुत्सु आरडी शर्मा : घुमन्ते हिमाली कवि !

सन् १९९८ को समय । अंग्रेजीका प्राध्यापक युयुत्सु आरडी शर्माले त्रिचन्द्र क्याम्पस पढाएको डेढ दशक भइसकेको थियो । विश्वविद्यालयको ह्रासोन्मुख अवस्थाले दिक्क भएका शर्माले पढाउने काम सधैंका लागि छाड्ने निधो गरे । फुर्सदिलो भएपछि उनलाई कारगारबाट छुटेझैं भयो । ‘हिमाली कवि’को परिचय बनाएका युयुत्सु आरडी शर्मा पञ्जाबमा जन्मिएका हुन् । त्रिचन्द्रको जागिर  छाडेपछि उनी नेपालका […]

कथा : रातो प्रकाश बस्ती

हिजोजस्तै अँध्यारो छ हगि ? किन होला यस्तो ? साँच्चै ! यो बस्ती नै यस्तै हो कि क्या हो ? बिरालाहरूको ङ्यार…ङ्यार…ङुरङुर पनि हराएको होइन । बैंस लागेका घोडाहरू हिल्लिने यी झुप्राहरू पनि कति थपिएका । लौ ! आँखा पनि देखिँदैन, के भएको त्यो…। ऊ त्यो कौसीबाट कसले पिसाब फेरेको त्यस्तरी…त्वारा…रा…रा…। लाज पचेका भाँडहरू । […]

अनिता तुलाधर : मौन व्यक्तित्व, वाचाल लेखनी

२७ मंसिर, काठमाडौं । बीसको दशकमा पद्मकन्या क्याम्पसको ‘क्रेज’ छुट्टै थियो । साधारण जनताका छोरीहरूदेखि दरबारीया छोरीहरू पनि त्यहीँ पढ्थे । १८ वर्षकी अनिता तुलाधर पनि पद्मकन्यामा आईए पढ्दै थिइन् । एकदिन अनितालाई खोज्दै एकजना अधबैंशे पुरुष पद्मकन्या आइपुगे । आफूलाई खोज्न को मानिस आयो भनेर हच्किएकी अनिता ती व्यक्तिले आफ्नो परिचय दिएपछि पो झसङ्ग […]

नियात्राको निरन्तर पाइला : देश देशावर

नियात्रा नेपाली साहित्यमा पछिल्लो समय निकै लोकप्रिय विधा भएको छ । नियात्राकार तारानाथ शर्माले यस विधालाई उचाइमा पुर्याएका हुन् । विसं २०२७ सालमा प्रतिष्ठित मदन पुरस्कार उनको नियात्रा पुस्तक “बेलाइततिर बरालिंदा” ले पाएपछि नियात्रा विधाले मान्यता र प्रतिष्ठा एकसाथ पाएको हो । त्यसपछि यो विधामा लेख्नेहरु प्रशस्त आए । यही क्रममा केही वर्षअघि झुल्केका हुन् […]

नेपाली भाषा साहित्यका पुजारी माइकल हट

सन् १९९१ मा माइकल हटको अनुवाद र सम्पादनमा “हिमालयन भ्याइसेस” को प्रकाशन भएपछि नेपाली साहित्य र साहित्यकारको वृत्तमा उनको नाम विशेष चर्चाको विषय भयो । तर उनले त्यसको प्रकाशन अघि नै नेपाल आएर आफ्नो अनुसन्धानका कामहरु र लेखकहरुसँग सम्पर्क गरिसकेका थिए । कैयन् लेखक साहित्यकारहरु उनीसँग भेट्न लालायित भए, आफ्नो रचना अनुवादका लागि वा उनले […]

कथा : हाफ चश्मा

बा’ले बरोबर आँखा देख्न नसकेको चानचुन एक महिना भयो । टाढाका वस्तुहरू देख्दैनन् । नजिकै आएमात्र ठम्याउन सक्छन् । त्यसैले म बुबालाई चस्मा लिन गेटा आँखा अस्पताल पुगें । काउन्टरमा टिकट काटेर लाइन लागें । चार नम्बरबाट माइक्रोस्कोपले हेरेर डाक्टरले पानामा के-के लेखेर भन्यो, ‘यो चिट लगेर सात नम्बर कोठामा जानुहोस् ।’ कोठा नं : […]

मान्छेअनुसार रगतको रंग फरक–फरक हुन्छ

२७ मंसिर, काठमाडौं । ललितपुर लेलेका कवि केशव सिलवाल त्रिभुवन विश्वविद्यालय समाजशास्त्र अध्यापन गर्छन् । उनको कविताको मूल स्वर पनि समाज र राजनीति नै हो । प्रगतिशील लेखनसँग जोडिएका सिलवाल मार्क्सवादी आन्दोलनका क्रममा थुप्रै जनसांस्कृतिक संगठनमा जोडिए । त्यसक्रममा उनले लेखेका ‘पोलिटिकल कविता’ पाठकमाझ चर्चित रहे । उनको ‘वर्जित अवशेष’ २०६३ र ‘धारिला मानिसहरू’ (२०६६) […]

‘पुष्कर लोहनीले हाइकुमा पनि यौन घुसाइदिन्छ’

२० मंसिर, काठमाडौं । पुष्कर लोहनी र यौन साहित्य पर्याय बनिसकेका छन् । ८२ वर्षीय लोहनी नेपाली साहित्यमा फ्रायडवादी सिद्धान्तको पैरवी गर्दै आएका ‘यौन साहित्यका आइकन’ मानिन्छन् । कवि एवं कथाकारका रुपमा परिचित लोहनी नेपाली साहित्यका कडा आलोचकसमेत हुन् । उनी मानिसको जीवन र अस्तित्वसँगै साहित्यमा पनि यौनको उपस्थिति हुने मान्यता राख्छन् । उनी यौनलाई […]

एकाघरका साहित्यकर्मी

२० मंसिर, काठमाडौं । व्यापार व्यवसायबाहेक सामाजिक क्षेत्रमा सामान्यतः श्रीमान–श्रीमती एउटै क्षेत्रमा काम गरेको पाइँदैन । गरिहाले पनि उनीहरूको कार्यालय, पद र कामको प्रकृति फरक–फरक हुन्छ । पश्चिमा समाजमा लेखक दम्पतीको चलन धेरै पुरानो हो । चिन्तक कार्ल मार्क्स र जेनी, जाँ पाल सात्र र सिमोन बुआ, एलेन गिन्सवर्ग र पिटर ओर्लोभस्की, पिबी सेली र […]

कम्युनिस्ट कस्तो हुनुपर्छ भनेर कविले नबोले कसले बोल्ने ?

हेटौंडाका कवि सुवास खनालको दोस्रो कविता संग्रह ‘सपनाको अवयव’ बजारमा आएको छ । यसअघि ‘विचारको उल्टो नदी’ कविता संग्रह प्रकाशित गरेका खनाल प्रगतिशील लेखनसँग आवद्ध छन् । ‘राजनीतिक इस्यु’ उनको कविता मुख्य विषय हो । आफूले आस्था राख्ने विचारकै सरकार हुँदा पनि त्यो जनपक्षीय नभएकोमा उनी तीव्र कटाक्ष गर्छन् । कवितामार्फत् कम्युनिस्ट ढोंगमाथि व्यंग्य गर्छन् […]

पुस्तक अंश : गन्तव्यको सम्भावना

सधैंझैं पत्रिकाले बेरिएको खानाको पोकाभित्र प्लास्टिक बेरिएको हुन्थ्यो । हरेक दिन उसिनेको भातको साथ एकपिस फ्राई–माछा त्यो पनि तीतो खालको र उसिनेको एउटा अन्डा पाइन्थ्यो । त्यही पनि सधैं अपुग । अर्को रमाइलो मिश्रण के भने सोही खाना बेरिएको पत्रिकामा आफ्नै बारेमा चित्र अनि शब्दहरू प्रकाशित भएको पो रहेछ ! सबैजना उत्सुकताका साथ तँछाडमछाड गर्दै […]

दिव्योपदेश : पृथ्वीनारायणको अर्ती

‘बुढा मरै, भाषा सरै, भनि भन्छन्, तिमीहरू सबैछेउ सुनाइ गयाको भया, तम्रा सन्तानलाई, सुनाउला र, तम्रा सन्तानले, हाम्रा सन्तानलाई, सुनाउनन् र, यो राजे थामि षानन् ।’ यस्ता दिव्य विचारधाराहरू पृथ्वीनारायणका हृदयबाट समय–समयमा फुटेका छन् र श्रोताहरूले लेखिराखेका कतिपय फेला परेका क्रमशः प्रकाशमा आउने छन् । नेपाल जितेर दशैं मान्न गएका बेलामा गोर्खा मूल राजधानीमा बाँधेको […]

भविष्यका कथाकार चिनाउने ‘छकालै’

१३ मंसिर, काठमाडौं । बजारमा खासै नाम नचलेका र आफ्नो विशिष्ट परिचय नबनाइसकेका २० जना कथाकारको कथा संगालो ‘छकालै’ हालै पढ्ने मौका मिल्यो । छकालै शब्द आफ्नो बोलीचालीमा धेरै प्रयोग नगर्ने हुनाले यसको अर्थ के रहेछ भनेर नेपाली बृहत शब्दकोश पल्टाउँदा ३ वटा अर्थ भेटिए । एक– मध्यान्हको समय, मध्यान्हकाल । दुई– बिहानको समय, सखार […]

साहित्य सन्ध्यामा समसामयिक कविता

काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४१०औँ शृङ्खलामा शनिबार समसायिक विषयका कविता र रचना वाचन गरिएका छन् । जुम प्रविधिबाट आयोजित कार्यक्रममा काठमाडौँबाट प्रा. डा. जीवेन्द्रदेव गिरी, कृष्ण सुवेदी, गोमा कटुवाल, रमेश पोखरेल, ज्ञानु विद्रोही, प्रा. डा. खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल तथा पुष्पमणि प्रधान नेपालगञ्ज, बालकृष्ण लामिछाने इलाम, हरि […]

‘७० वर्ष संघर्ष गरेका कम्युनिस्टहरू कमाउनिस्ट भए’

६ मंसिर, काठमाडौं । आदरणीय पाठकहरु ! आज हामी ७२ वर्षका यस्ता व्यक्तित्वसँग यहाँहरुलाई साक्षात्कार गराउँदैछौं, जो आफ्नो जीवनकालमा अलिकति कम्युनिष्ट कार्यकर्ता, आधाउधि पत्रकार अनि अलि बढी जनवादी कविका रुपमा परिचित छन् । कम्युनिस्ट दर्शनबाट प्रभावित भएको मान्छे कसरी लोभलालचमा नफसी सादा जीवन बाँच्छ भन्ने दृष्टान्तका उनी ‘भ्यु टावर’ हुन् । उनी हुन्– काभ्रे, बनेपाका […]