Comments Add Comment

नेपाल सुपर लिग

List Grid
च्याम्पियन ब्राण्ड काठमाडौं रेजर्स

२२ जेठ, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजेन्टको आयोजनामा गत वैशाख ११ देखि जेठ १ गतेसम्म भएको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जित्यो । फाइनलअघि रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी काठमाडौंमै राख्ने प्रतिक्रिया दिएका थिए । मेसुके ओलोमोउको एक मात्र गोलमा धनगढी एफसीलाई पराजित गर्दै रेजर्सले ऐतिहासिल उपाधि जित्दै त्यो […]

विराटनगर सिटीका प्रशिक्षक यानलाई एक वर्ष प्रतिबन्ध

१२ जेठ काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यानलाई एनएसएलमा एक वर्षको प्रतिबन्ध गरिएको जनाएको छ । ‘यान ल लाई एक वर्षको प्रतिबन्धका […]

को-को खेलाडी उत्कृष्ट छनोट भए नेपाल सुपर लिगमा ?

१ जेठ काठमाडौं । अन्जन विष्ट पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड घोषित भएका छन् । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । तेस्रो भएको ललितपुर सिटी एफसीका कप्तान तथा मार्की प्लेअर अन्जन उत्कृष्ट फरवार्ड बने । उनले प्रतियोगितामा ३ गोल गरेका थिए […]

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

१ जेठ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको […]

चोटसँग जुध्नु परेकाले शतप्रतिशत खेल्न सकिन : भरत खवास

२७ वैशाख, काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन अन्तिम हुँदै बाहिरियो । सात टोली सहभागी लिगमा चितवनले एक खेल पनि जित्न सकेन । यसका कप्तान तथा मार्की खेलाडी थिए भरत खवास । राष्ट्रिय टिमको कप्तानी समेत गरिसकेका र त्रिभुवन आर्मी फुटबल क्लबको समेत कप्तान रहेका भरत खवासबाट चितवनले पनि ठूलो आशा […]

एनएसएल प्लेअफ : धनगढीविरुद्ध काठमाडौंलाई बदला लिने मौका

२७ वैशाख, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लअफका लागि छनोट भएका छन् । जसमा शीर्ष […]

एनएसएल काठमाडौं रेजर्सले बनाएका कीर्तिमानहरु

२७ वैशाख, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट (एनएसइएम) ले पहिलो पटक आयोजना गरेको नेपाल सुपर लिग (एनएसएल)को लिग चरणमा २१ खेल सम्पन्न भइसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा भएको यो नेपालको पहिलो फ्रेन्जाइज फुटबल प्रतियोगिता हो र अक्सनमार्फत खेलाडीहरु छनोट भएको थियो । जसमा सात शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका […]

काठमाडौं शीर्ष स्थानमा रहेर प्लेअफमा, चितवन जितविहीन

२६ वैशाख काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत अन्तिम लिग खेलमा आइतबार काठमाडौं रेजर्सले एफसी चितवनलाई २–१ गोलले पराजित गरेको छ । यसअघि नै प्लेअफ पुगिसकेको काठमाडौंले लिगमा चौथो जित हासिल गर्दै शीर्ष स्थानमा लिग सकाएको छ । लिगमा सर्वाधिक चार जित हात पार्ने एक्लो टिम बनेको काठमाडौंले ६ खेलबाट १३ अंक जोड्यो । काठमाडौंले अब […]

धनगढीलाई हराउँदै बुटवल प्लेअफमा, पोखरा बाहिरियो

२५ वैशाख काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शनिबार भएको खेलमा सुमन लामाको एक मात्र गोलमा धनगढीलाई १–० ले पराजित गर्दै बुटवलले लिगमा ६ खेलबाट ८ अंक जोड्यो । पोखरा थण्डर्स समान अंक भएपनि बुटवल हेड टु हेडमा अघि रहँदै चौथो […]

ललितपुर एनएसएलको प्लेअफमा, विराटनगर बाहिरियो

२५ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । शनिबार भएको आफ्नो अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई ४–० गोलले पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान बनाएको हो । विराटनगर भने हारपछि शीर्ष चारमा रहन असफल भयो र लिग चरणबाटै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा विवादित बनेको […]

एनएसएलको एकै खेलमा ९ गोल, काठमाडौं प्लेअफमा

२३ वैशाख काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिगको प्लेअफमा प्रवेश गरेको छ । क्यामरुनी खेलाडी मेसोउके ओलोमोउको ह्याट्रिक मद्दतमा विराटनगर सिटी एफसीविरुद्ध पुनरागमन जित हात पार्दै काठमाडौं प्लेअफमा पुगेको हो । गोलको वर्षा नै भएको खेलमा काठमाडौंले विराटनगरलाई ५–४ गोलले पराजित गरेको हो । काठमाडौंका लागि मेसोउके ह्याट्रिक गर्दा स्टेफेन विनोङ समिर र छिरिङ […]

एनएसएलमा ललितपुरको पहिलो जित

२३ वैशाख काठमाडौं । ललितपुर सिटी एफसीले चार खेलको जितविहीन यात्रा टुंग्याउँदै नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ । अजरबैजानका खेलाडी नुर्लान जाहिदको एक मात्र गोल मद्दतमा ललितपुरले बिहीबार बुटवल लुम्बिनीलाई १–० ले पराजित गरेको हो । यो जितपछि ललितपुर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमै पराजित भएको ललितपुरले […]

अभिषेकले बुटवलबाट एनएसएल खेल्ने

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो । बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने । एनएसएल अघि […]

पेनाल्टीमा चुक्दा काठमाडौंसँग बुटवल पराजित

२१ वैशाख, काठमाडौं । बुटवल लुम्बिनी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै काठमाडौं रेजर्स नेपाल सुपर लिगको तेस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा काठमाडौंले बुटवललाई १-० ले पराजित गरेको हो । यस जितपछि काठमाडौंले ४ खेलबाट विराटनगर सिटी एफसी र धनगढी एफसी समान ७ अंक जोडेको छ । तर गोल अन्तरमा काठमाडौं […]

एनएसएल : चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा

१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले […]

एनएसएल :  ललितपुर र धनगढीले अंक बाँडे

१६ वैशाख, काठमाडौं । धनगढी एफसी र ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको खेलमा धनगढीका लागि नाइजेरियन खेलाडी ओलावाले आफिजले गोल गरे भने ललितपुरका लागि […]

एनएसएलमा पोखराले विराटनगरलाई हरायो

१५ वैशाख काठमाडौं । मार्की खेलाडी नवयुग श्रेष्ठको निर्णायक गोलको मद्दतमा पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको दिनको दोस्रो खेलमा पोखराले विराटनगर सिटी एफसीलाई १–० गोलले पराजित गरेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा पोखराले एक गोल गर्‍यो । […]

एनएसएलमा बुटवल लुम्बिनीको विजयी सुरुवात

१२ वैशाख, काठमाडौं । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको दिनको दोस्रो खेलमा बुटवलले पोखरा थन्डर्सलाई २-० ले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि विदेशी खेलाडी अर्मान्ड बेउडुमले एक गोल गरे । पोखराले एक आत्मघाती गोल बुटवललाई उपहार […]

नेपाल सुपर लिग आजदेखि, नेपाल फुटबलमा नयाँ प्रयोग हुँदै

११ वैशाख, काठमाडौं । नेपाली फुटबलको इतिहासमा आजदेखि नयाँ प्रयोगको सुरुवात हुँदैछ । पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपालमा हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा […]

नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

१० वैशाख काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५ लाख रुपैयाँ पाउने । यस्तै […]

सुपरलिगको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

३० चैत काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को मिति लम्बिएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार खेलतालिका सार्वजनिक गर्दै एनएसएल २०७८ वैशाख ११ देखि जेठ १ गतेसम्म हुने जनाएको छ । ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने लिग यसअघि बैशाख ११ देखि २५ गतेसम्म […]