Comments Add Comment

फेवाताल

List Grid
फेवातालमा अन्धाधुन्ध डोजर : न अध्ययन छ, न बजेट

२० फागुन, पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना माटो निकाल्ने काम नगर्न भन्दै पोखरा महानगरपालिकाले रोक्यो । कुनै अध्ययन र बजेटविनै अगाडि तम्सिएका पहारीका लागि फेवातालको माटो निकाल्ने विषय फण्डा बन्यो […]

फेवातालको नयाँ मापदण्ड तोकिँदै, दूषित जग्गा खोजिँदै

१९ फागुन, पोखरा । तत्कालीन १५औं जिल्ला परिषदको निर्णयपछि पोखरा उपत्यका नगर विकास समितिले २०६५ सालमा फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने निर्णय गर्‍यो । २०३३ सालमा भौतिक विकास गुरुयोजना निर्माण गर्दा बाराहीघाटदेखि गैह्राको चौतारासम्म २ सय फिटभित्र स्थायी संरचना निर्माण नगर्ने नीति लिइएको थियो । त्यही २ सय फिटलाई मिटरमा रुपान्तरण गरी फेवातालको सबैतिर […]

क्षेत्रफल घटाएर तोकियो फेवातालको चार किल्ला

१६ फागुन, पोखरा । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा फेवातालको सीमा कायम गर्ने भन्दै पिल्लरहरु गाड्यो । पानीको सतह घटेको बेला किल्ला गाडिएको भन्दै तत्कालीन जिविस सभापति पुण्य पौडेलको आलोचना पनि भयो । फेवाको सतह बढेपछि वाराहीघाटदेखि चंखपुरसम्म गाडिएका पिलरहरु डुबेका पनि थिए । फेवातालको ड्याम मर्मत गर्न भन्दै अहिले तालको पानी घटाएपछि दुई […]

फेवातालको क्षेत्रफल ५.३ वर्गकिमी, प्रधानमन्त्रीलाई बुझाइयो सीमांकन प्रतिवेदन

३ फागुन, पोखरा । २०३८ सालमा भएको अध्ययनले देखाएको क्षेत्रफलभन्दा कम कायम हुने गरी फेवाताल सीमांकन तथा नक्सांकन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.३ वर्गकिमी रहेको उल्लेख छ । तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्य पौडेलको […]

बर्षौंपछि यसकारण घट्यो फेवातालको पानी

२५ माघ, पोखरा । पोखरा–६ खहरे फेवा किनारमै जन्मिएकी मंगली जलारी ९३ वर्षकी भइन् । मंगलीको परिवारको जीवन फेवासँगै गाँसिएको छ । फेवाको पानी पिएरै हुर्किएकी मंगलीको परिवारको बाँच्ने आधार पनि फेवाताल नै हो । बाँध बाँध्नुअगाडि र पछाडिको फेवाताल र अहिलेसम्म यसले कति रुप बदल्यो उनकै आँखाले देखेका छन् । ‘मैले जान्दा फेवाताल अहिले […]

४२ वर्षपछि फेवातालको बाँध मर्मत   

२५ माघ, पोखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । सुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसंघको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण […]

नगर पुलिस लखेट्न आएन, नेपाल बन्द पो रहेछ !

२२ माघ, पोखरा । एकाबिहानै उठेर अरुको घरमा काम सकेर फेवा किनार पुगेपछि सुनीता विकले बल्ल थाहा पाइन्, ‘आज नेपाल बन्द रहेछ ।’ झिसमिसेमै उठेर काम गर्ने घरसम्म पुग्दा सधैंझैं पोखराको लेकसाइड सुनसानै थियो । आधा रातसम्म जागै रहने लेकसाइड बिहान भने ढिलासम्म जाग्दैन । २/४ घरमा लुगा धुने, भाँडा माझ्नेलगायतको काम सकेर सुनीता ११ […]

फेवाताल किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग   

२१ माघ, पोखरा । पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो । सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जालका पोखरा–६ का अध्यक्ष […]

फेवाताल सीमाङ्कन समितिको गुनासो : हातखुट्टा बाँधेर हिँड भनियो

२ पुस, पोखरा । फेवाताल सीमाङ्कन तथा नक्सांकन समितिको टोली मंगलबार र बुधबार दुई दिन नक्सा लिएर सीमा खोज्न स्थलगत निरीक्षणमा पुग्यो । तत्कालीन जिल्ला विकास समिति सभापति पुण्य पौडेल संयोजक रहेको टोली नक्सामा दाँज्दै फेवातालको सीमा खोज्दै स्थलगत अध्ययन गरेको हो । निरीक्षणपछि सीमाङ्कन समिति संयोजक पौडेल भन्छन्, ‘अहिलेसम्मका प्रतिवेदन, दस्तावेज र प्रमाणको अध्ययन […]

फेवातालको नक्सा दाँज्दै, सीमा खोज्दै !

१ पुस, पोखरा । फेवातालको पुरानो सीमा कहाँनेर छ ? न पुराना गाडिएका पिल्लर छन् न पुरानै अवस्थामा ताल छ । कतै संरचना निर्माण भएका छन् भने कतै तालको माटो निकालेर किनारमै थुपारिदिँदा तालको जमिन छुट्याउन पनि गाह्रो छ । मंगलबार फेवातालको शिरतिर पर्ने चंकपुर फाँटमा बसेर एउटा टोलीले चौरमा नक्सा फिँजायो, पुरानो हर्पन खोलाको […]

महानगर डोजर चलाएझैं गर्छ, संरचना थपिँदै जान्छ !

२८ मंसिर, पोखरा । २० पुस २०७४ मा डोजरसहित पोखराको खपौंदीमा जनप्रतिनिधि, प्रशासन र सुरक्षाकर्मीसहित महानगरको टोली पुग्यो । फेवाताल किनार खपौंदी, गैराको चौतारामा मापदण्डविपरीतका निर्माणाधीन अस्थायी संरचना महानगरले भत्कायो । निर्माणस्थलबाट निर्माण सामाग्री महानगरले जफत गर्‍यो । स्थानीय तहको निर्वाचन भएर पोखरा महानगरपालिकामा जनप्रतिनिधि आएको वर्षदिन पनि पुगेको थिएन । तालको मापदण्ड मिचेर बनेका […]

प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

१२ असोज, काठमाडौं । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ । उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ ।  प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

फेवाताल जोगाउन १ हजार रोपनी अधिग्रहण गर्नुपर्ने, १० अर्ब क्षतिपूर्ति दिनुपर्ने

२९ भदौं । काठमाडौं । प्रदेश सरकार, पोखरा महानगरपालिका र नापी कार्यालय कास्कीले फेवातालको वास्तविक क्षेत्रफलबारे अध्ययन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । सर्वाेच्च अदालतले फेवातालको जग्गामा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन आदेश दिएको साढे २ वर्षपछि सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको रोहवरमा यससम्बन्धी अध्ययन […]

लकडाउनमा जलारी समुदाय : फेवातालको झार उखेल्ने, ज्याला बुझ्ने

२५ वैशाख, पोखरा । फेवातालको सुन्दर अनुहार बेचेर धेरै व्यापारीले करोडौंको सम्पत्ति जोडे । पहिलो सुन्दर निलाम्य हुने गर्दथ्यो ताल । तर, कालान्तरमा तिनै व्यापारीको ‘हर्कत’ले ताल फोहोरमात्रै भएन, दूर्गन्धित हुन थाल्यो । निलो रङमा सुन्दर देखिने फेवाताल बिस्तारै कुरुप हुन थाल्यो । फेवातालको किनारमा पुस्तौंदेखि बसोबास गर्दै आएको एउटा समुदाय छ, जलारीको । उनीहरु […]

फेवा बाँधले बस्ती नै जोखिममा, स्थानीय भन्छन् – ताल बचाउन मान्छे मार्न पाइँदैन

४ फागुन, पोखरा । पोखरा महानगरपालिका-२३ का राजकुमार विकको घर हुँदै बगेको हर्पन खोला केही तल फेवातालमा मिसिन्छ । वर्षायाममा हर्पन खोला बढेर बस्तीसम्मै आइपुग्थ्यो । केही वर्षयता खोलाको बाढी वस्तीमा पुगेको छैन । तर, गत भदौ ३० र ३१ गते लगातार परेको पानीले खोला बढेर गाउँसम्मै पुग्यो । आधारातमा आएको बाढीले गाउँमा बस्नै नसकेपछि […]

फेवातालमा देखिएन राष्ट्रिय झन्डाको छाया

१७ माघ, पोखरा । पोखरा क्षेत्रीय सिँचाइ कार्यालय परिसरबाट फेवातालमा माछापुच्छ्रे प्रतिबिम्ब प्रष्ट देख्न सकिन्छ । तर, प्रचार अभाव र असहजताका कारण धेरै पर्यटक त्यस ठाउँको भेउ पनि पाउँदैनन् र फेवातालमा हिमालको छाया देख्दै नदेखी पोखरा छाड्छन् । गण्डकी प्रदेशले गत वर्षको साउनमा पोखरा महानगरसँग समन्वय गरी त्यस परिसरमा नेपालको झन्डासहितको पार्क बनाउने र पर्यटकलाई […]

२०० वर्षमै फेवाताल पुरिन्छ !

२७ मंसिर, पोखरा । विभिन्न अध्ययनले भन्छ, ‘प्रत्येक वर्ष फेवातालमा १ लाख ४८ हजार मेट्रिकटन ढुंगा, गिट्टी, बालुवा र गेग्रान फेवातालमा मिसिन्छ ।’ त्यसैमाथि बर्सेनी भूक्षयले फेवाताललाई खुम्याइरहेको छ । मानवीय अतिक्रमणले पनि फेवाताल साँघुरिँदै गइरहेको छ । सर्वोच्च अदालतले वैशाख २०७५ मा ३ वटै सरकारलाई फेवातालको साँध सिमाना कायम गर्न र अतिक्रमण हटाएर मापदण्ड […]

जलकुम्भी झारले ढाकियो फेवाताल (फोटो फिचर)

३ असोज, पोखरा । मंगलबार राति आएको बाढीले फेवाताल जलकुम्भी झारले ढाकिएको छ । फेवातालको सिरान क्षेत्रमा रहेको हर्पन खोलाले जलकुम्भी बगाएर तालमा ल्याएपछि जलकुम्भीले ढाकिएको हो । तालको माथिल्लो सतहमा जलकुम्भी झारले ढाकिँदा जलारीलाई माछा मार्न र डुंगा सयर गर्न डुंगा व्यवसायीहरुलाई कठिनाइ भएको डुंगा व्यवसायी सोम बहादुर राईले बताए । हरेक वर्ष बर्खायाममा […]

फेवातालमा ब्रिफकेसको राम्रै चलखेल भएछ

फेवाताल संरक्षण गर्न २०७५ वैशाखको फैसलामार्फत सर्वोच्च अदालतले तीनै तहका सरकारलाई यो–यो काम गर भनेको छ । संघ, प्रदेश र स्थानीय सरकारले केके काम गरेर फेवातालको ६५ मिटर कायम गर्ने भन्ने कुरा स्पष्टसँग भनेको छ । सीमांकन गरेर ४ किल्ला तोक्न संघ सरकारलाई सर्वोच्चले भनेको छ । मुआब्जाको व्यवस्थापन पनि संघले नै गर्छ । त्यसको […]

फेवातालमा प्याराग्लाईडिङ दुर्घटना, एक विदेशी पर्यटकको मृत्यु

१९ फागुन, पोखरा । प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेर एक विदेशी पर्यटकको मृत्यु भएको छ । सारङकोटबाट उडेका राेमानियाका नागरिक ४२ वर्षीया एड सिजरकाे मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । एक जना प्याराग्लाइडर फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेर प्रहरीले उद्धार गरेको थियो […]

फेवातालमा डोजर चल्यो, बढ्ला त आकार ?

१४ माघ, पोखरा । प्रदेश र स्थानीय सरकार मिलेर फेवाताल संरक्षण अभियान सुरु भएको छ । फेवाताललाई खुम्च्याउने गरी थुप्रिएको माटो हटाउन सोमबारदेखि डोजर चलाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसीको उपस्थितिमा माटो निकाल्न थालिएको हो । यससँगै सर्वोच्चको फैसला कार्यान्वयन सुरु भएको मुख्यमन्त्री पृथ्वीसुब्बाले बताए । फेवाताल संरक्षणसम्बन्धी […]