Comments Add Comment

बिरामी

List Grid
चितवनको कारागारमा बिरामी नै बिरामी

२३ मङ्सिर, चितवन । चितवनको कारागारमा धेरै कैदी बन्दी बिरामी पाइएका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर, नवलपरासी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँलगायतका […]

६ वटा अस्पताल पुर्‍याउँदा पनि धनमायाले उपचार पाइनन्, ट्याक्सीमै गयो प्राण

५ मंसिर, पोखरा । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङलाई सामान्य दम थियो, श्रीमानलाई नशासम्बन्धी समस्या । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्ति स्वास्थ्य समस्या परिहाले सहजै अस्पताल पुग्न सकियोस् भनेर पोखरा महानगरपालिका–१०, वुद्धचोक नजिकै डेरा गरी बस्न थाले । ६२ वर्षीया धनमायालाई बिहीबार साँझ एक्कासी सास फेर्न गाह्रो महसुस भयो । छोरी घर गएकाले श्रीमानले जसोतसो […]

विराट नर्सिङहोमबाट हाम्फालेका बिरामीको मृत्यु

१९ असोज, विराटनगर । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-७ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए । […]

डोल्पामा जंगली च्याउ खाँदा  ४ जना गम्भीर बिरामी

८ भदौ, काठमाडौं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी  भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का  ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी  परेका प्रहरीले  जनाएको छ । आइतबार […]

लुम्बिनी प्रादेशिक अस्पतालले धरौटी बिल काटेर पनि बिरामी भर्ना गरेन

१८ साउन, बुटवल । धरौटी शुल्क लिएर पनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भर्ना नगरेपछि एक बृद्धा बिरामी अलपत्र परेकी छन् । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि बिहान ६ बजे एम्बुलेन्समा अस्पताल आएकी सैनामैना-१ वनकट्टाकी ७६ वर्षीया बसुन्धरा पौडेललाई अस्पतालले भर्ना नलिएपछि उनी अलपत्र परेकी हुन् । इमर्जेन्सीमा भर्ना भएकी उनलाई अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. नन्दु […]

अस्पतालले भर्ना नलिएपछि छटपटाउँदै स‌ंसारबाट बिदा लिए राजुले

३२ जेठ, रुपन्देही । अस्पतालमा बिरामी राख्ने बेडहरू रित्तै छन् तर क्वारेन्टिनमा बसेकै कारण कोरोना संक्रमण भएको हुनसक्ने आशंका गर्दै बिरामीको उपचार नगर्दा एक बिरामीले अकालमा ज्यान गुमाउनु परेको छ । अस्पतालको अमानवीय व्यवहारका कारण प्युठानका एक किशोरले अकालमा ज्‍यान गुमाउनु परेको हो । समयमा अस्पताल पुगे पनि अस्पतालमा उनले उचित उपचार पाएनन् । उनले […]

बच्चा रोयो ? फकाउनु पर्दैन

जब बच्चा रुन थाल्छ, आमाबुबालाई पो पिरलो । कसरी फकाउने ? मोबाइल खेलाउन दिने कि, चाउचाउ खान दिने कि, बोकेर घुमाउने कि, कथा सुनाउने ? जबसम्म बच्चा शान्त हुँदैनन्, आमाबुबाले अनेक गर्नुपर्छ । जबकि बालबच्चालाई रुनका लागि ठूलो निहुँ चाहिँदैन । स-साना कुरामा पनि उनीहरू बेपत्तासँग रोइदिन्छन् । भोक लाग्यो रुन्छन् । खेल्नेकुरा पाएनन् रुन्छन् […]

जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

२० वैशाख, बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन् । गैडहवा गाउँपालिका– ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षका रामानन्द […]

उदयपुर घर भएकै कारण अस्पतालबाट निकालिइन् गर्भवती

१८ वैशाख, विराटनगर । सुत्केरी व्यथा लागेको उदयपुरकी एक महिलालाई विराटनगरको नोबल मेडिकल कलेजले अप्रेशन थिएटरबाटै निकालिदिएको छ । मंगलबार प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई बुधबार बिहान अप्रेसन थिएटरबाट कलेजले निकालेको हो । शल्यक्रियाबाट बच्चा जन्माउनसबै प्रक्रिया पूरा भएपछि अप्रेसन थिएटरमा लगिएकी युवतीलाई चिकित्सकले ठेगाना उदयपुर गाईघाट देखेपछि शल्यक्रिया नगरी फिर्ता पठाएका […]

बिरामी बोकेर विराटनगरका अस्पतालमा फनफनी

१८ वैशाख, विराटनगर । आइतबार कोशी अस्पतालमा भर्ना भएका सुनसरी देवानगञ्ज–१ का रवीन्द्र यादवको स्वास्थ्यमा सुधार भएन । हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक औषधि) सेवन गरेका उनको मिर्गौला र कलेजोमा समस्या देखियो । उनलाई भेन्टिलेटर आवश्यक भयो । कोशी अस्पतालमा भेन्टिलेटर छैन । त्यसैले अस्पतालले बुधबार साँझ भेन्टिलेटर भएको अर्को अस्पतालमा लैनजान रिफर गर्‍यो । […]

बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याऊ : डा. केसी

९ वैशाख, काठमाडौं । प्रा. डा. गोविन्द केसीले बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न माग गरेका छन् । डडेल्धुरा अस्पतालमा रहेर बिरामीहरु हेरिरहेका डा. केसीले लकडाउनसँगै दूरदराजका विरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन भएको बताएका हुन् । यही कारण मानिसहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको […]

लकडाउनले उपचार पनि महँगो हुँदोरहेछ …

५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमा सामान्य चहल पहल छ । आकस्मिक बाहेकका अन्य सेवा बन्द भएका कारण अस्पताल पुग्ने मानिसहरू कमै छन् । अधिकांश विभागको ढोका अगाडि भित्तामा उस्तै सन्देश दिने सूचना टाँसिएको छ । ‘कोभिड–१९ नेपालमा फैलिएको खण्डमा सबैभन्दा पहिले संक्रमण अस्पतालबाट फैलिन सुरु गर्नेछ । तसर्थ अति आवश्यक नपरिकन […]

लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

२५ साउन, काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । मिलेमतोमा घटना सामसुम पारिँदा डाक्टरको लापरवाही हो वा होइन भन्नेसमेत थाहा हुँदैन । तर, अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि […]

लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

२५ साउन, काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । मिलेमतोमा घटना सामसुम पारिँदा डाक्टरको लापरवाही हो वा होइन भन्नेसमेत थाहा हुँदैन । तर, अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि […]

अस्पतालले अब बिरामीबाट जथाभावी शुल्क असुल्न नपाउने

२ फागुन, काठमाडौं । निजी अस्पतालहरूले विरामीबाट असुल्ने अत्यधिक शुल्क नियमन गर्न स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको हो, जसले स्वास्थ्य शुल्क निर्धारण गर्ने मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले जानकारी दिए । कार्यदलमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, अर्थ मन्त्रालयका प्रतिनिधि, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिलगायत […]

एक्स–रे मेसिन बिग्रँदा बिरामी मर्कामा

२० वैशाख, महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको एक्स–रे मेसिन समयमै मर्मत हुन नसकेपछि सेवाग्राही प्रभावित भएका छन् । करिब पाँच महिनाअगाडि बिग्रिएको सो एक्स–रे मेसिन मर्मतका लागि सरोकारवालापक्षले समयमै ध्यान नदिएपछि उपचार गराउनका लागि आउने दैनिक सयौँ बिरामी मर्कामा परेका हुन् । रु ३५ लाख मुल्य बराबरको सो एक्स–रे मेसिन मर्मतका लागि रु दुई–तीन […]

कम डोज औषधिमै सर्पदंशका बिरामीको उपचार

 विगतको तुलनामा कम भाइल ‘एन्टिस्नेक भेनम’ले सर्पदंशका बिरामीलाई निको पार्न थालिएको छ । एउटा बिरामीलाई एक सय ६५ भाइलसम्म एन्टिस्नेक भेनम दिइने गरेकामा अनुसन्धानपछि ३० भेनम भन्दा बढी दिनु नपरेको पुष्ठी भएको भरतपुर अस्पतालले जनाएको छ । स्विजरल्यान्डको जेनेभा विश्वविद्यालयको सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भरतपुर अस्पतालका वरिष्ठ फिजिसियनद्वय डा विजय पौडेल डा कालिदास […]

सल्यानमा भाइरल ज्वरोका विरामी बढे

२४ साउन, सल्यान । सल्यानका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको भीड लाग्न थालेको छ । असारको अन्तिम साताबाट भाइरल सुरु भएको हो । जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत निजी अस्पतालहरुमा विरामीको चाप दिनानुदिन बढदै गईरहेको छ । ‘पहिला भन्दा अहिले विरामी बढेका छन्’ जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. मनिषा रावलले भनिन्, ‘जटिल […]

उपत्यकामा रुघाखोकी र ज्वरोका बिरामी बढे

१७ साउन, काठमाडौँ। उपत्यकामा वर्षायाम सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । टेकु अस्पतालमा अहिले रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुुर पुनले बताए । अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको डा पुनले जानकारी दिए । उनले भने , […]

मसानघाटमा अलपत्र भेटिएका विरामीको पहिचान खुलेन, उपचारमा समस्या

१० असार, डोटी । डोटीको सानागाउँ गाविसस्थित मसानघाटमा विहीबार एक बिरामी अलपत्र अवस्थामा भेटिए । दुबै खुट्टामा किरा परेको अवस्थामा फेला परेका ती बिरामीको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । सानागाउँ, काँडामाण्डौं र गैरागाउँ गाविसको बीचमा पर्ने खोलाको मसानघाटमा ति व्यक्ति अचेत लडिरहेको स्थानीयवासीहरुले देखेका थिए । त्यसपछि नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका […]

श्राद्धको प्रसाद खाँदा पन्ध्रजना बिरामी

९ असार, नुवाकोट। नुवाकोटको जिलिङमा श्राद्धको प्रसाद खाँदा एकै वडाका १५ जना बिरामी परेका छन् । जिलिङ–२, बेँसीथोकका खेमप्रसाद पुडासैनीको घरमा मङ्गलबार दिउँसो श्राद्धको प्रसाद खाएका १५ जना बिरामी भएका हुन् । प्रसाद खाएकाहरु बुधबार दिउँसोदेखि बिरामी पर्न थालेको स्थानीय शिक्षक टीकाबहादुर पुडासैनीले जानकारी दिए । बिरामीमा पखाला लाग्ने, बान्ता हुने र उच्च ज्वरो आउने […]