Comments Add Comment

यातायात व्यवसायी

List Grid
सार्वजनिक यातायातमा रोक लगाउने सरकारको निर्णय पुनर्विचार गर्न व्‍यवसायीको माग

१४ वैशाख, काठमाडौँ । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् । कोरोना संक्रमणको अवस्था भयावह भए अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन […]

विमान चलिरहे सार्वजनिक सवारी पनि बन्द गर्दैनौं : यातायात व्यवसायी

१३ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर […]

४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर […]

तेलको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग, कठोर निर्णय गर्ने चेतावनी

२९ माघ, काठमाडौं । यातायात व्यवसायीहरुले पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको छन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न माग गरेका छन् । सरकारले त्यसो गर्न नसके सार्वजनिक […]

असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

१२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था […]

सरकारलाई यातायात व्यवसायीको पत्र-आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याइयोस्

१२ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन लिखित माग पेस गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्था हटाउन माग गरेको हो । महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले हस्ताक्षर गरेको पत्रमा कोभिड-१९को महामारीले थलिएको सार्वजनिक यातायात […]

यातायात व्यवसायीको प्रश्न-प्लेनले सबै सिटमा यात्रु बोक्ने भए बसले किन नपाउने ?

४ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् । आन्तरिक सेवाका विमानलाई सरकारले पूर्ण क्षमता सञ्चालन गर्न दिन सहमति जनाएसँगै यातायात व्यवसायीले बसमा पनि आधा सिट मात्रै यात्रु राख्ने प्रावधान हटाउन माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला आन्तरिक वायुसेवा र […]

यातायात व्यवसायी र मजदुर नेतालाई मन्त्रीले भने : सरकारले राहत दिन सक्दैन

२६ भदौ, काठमाडौं । यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् । अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ । त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका यातायात व्यवसायी र […]

सबै रुटमा सार्वजनिक सवारी खोल्न व्यवसायी र मजदुरहरुको माग

१२ साउन, काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले तुरुन्तै सबै खालका लामो, मध्यम र छोटो दूरीका सबै सार्वजनिक सवारी खोल्ने वातावरण बनाउन माग गरेका छन् । सरकारले भदौ १ गतेदेखि लामो र मध्यम दूरीका सवारी पनि चलाउने निर्णय गरेको छ । अहिले सम्बन्धित जिल्ला र काठमाडौं उपत्यकाभित्रको सवारी मात्रै सवारी चलिरहेको  छ । यसले गर्दा […]

यातायात व्यवसायी र मजदुरलाई प्रधानमन्त्रीको आश्वासन : सरकारले गच्छेअनुसार माग पूरा गर्छ, ढुक्क हुनोस्

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन् । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारीका […]

गाडी नचलाउने सार्वजनिक यातायात केन्द्रीय महासंघको घोषणा

२६ असार, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएका छन् । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । आफूहरुलाई हचुवाका भरमा […]

निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

२४ असार, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा […]

‘बस हिलोमा धसिँदैछ, सँगै हामी भासिँदैछौं’

२१ असार, काठमाडौं । महानगर यातायात, चक्रपथमा चल्ने सबैभन्दा परिचित बस कम्पनी हो । कम्पनीमा २१ सेयर सदस्यका ३९ वटा बस छन् । चैत ११ मा लकडाउन भएपछि कम्पनीले चैतको बैङ्क किस्ता तिर्न सकेको छैन । तिरोस् पनि कसरी ? फागुनबाटै कोरोनाको त्रासले यात्रु घटेका थिए, आम्दानी घटेर तनाव भइसकेको अवस्थामा लकडाउन भइदियो । बसहरू […]

यातायात व्यवसायीको प्रश्न : गरीबलाई हेप्ने ?

८ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले शनिबार यातायात व्यवसायीहरुलाई छलफलका समय दिएका थिए । छलफलको एजेण्डा थियो- लामो दुरीका यात्रुहरुलाई सहज रुपमा गन्तव्यसम्म कसरी पुर्‍याउने ? सुरक्षित यात्राका विषयमा आयोजित छलफलमा यातायात व्यवसायीहरु सरकारविरुद्ध खनिए । सरकारले लामो दुरीका सवारी साधनको आवागनममा सोमबारदेखि रोक लगाए पनि हवाइ उडानमा किन रोक नलगाएको […]

यातायात व्यवसायीको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन

२३ भदौ, काठमाडौं । रोक्का रहेका यातायात समिति तथा व्यवसायीहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउन भन्दै सरकारले यातायात समिति तथा समितिमा आवद्ध व्यवसायीहरुको बैंक खाता रोक्का गरेको थियो । यातायात समितिहरु खारेज भएर कम्पनीमा दर्ता भएपछि राष्ट्र बैंकले रोकिएका खाता फुकुवा […]

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ नगर्ने यातायात व्यवसायीको चेतावनी

२ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको छ । मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने बताएको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा […]

यातायात व्यवसायीको चेतावनी : इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ गर्दैनौं

२ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको छ । मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने बताएको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा […]

भौतिक पूर्वाधारमन्त्रीले किन गर्दैछन् विवादास्पद निर्णय ?

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

प्रधानमन्त्रीको सुशासन मार्गमा आफ्नै मन्त्रीको ‘तगारो’

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

यातायात व्यवसायी रिहा गर्न सरकारलाई तरुण दलको आग्रह

२३ वैशाख, काठमाडौं । नेपाल तरुण दलले सिण्डिकेटको पक्षमा हड्ताल गर्ने यातायात व्यवसायीलाई रिहा गर्न सरकारसँग माग गरेको छ । आइतबार विज्ञप्ति जारी गरी तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले व्यवसायीहरुले आफ्नो माग शान्तिपूर्ण रुपमा अगाडि बढाउँदा सरकारले गिरफ्तार गरेको भन्दै तत्काल यातायात व्यवसायीलाई रिहा गर्न माग गरेको छ । ‘…आफ्ना मागहरुलाई शान्तिपूर्ण माध्यमबाट अगाडि बढाउने […]

सिण्डिकेट पक्षधरले यातायात कार्यालय घेराउ गर्न पनि पाएनन्

१६ वैशाख, वीरगञ्ज । नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय घेराउ गर्न गएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीलाई प्रहरीले रोकेको छ । प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई कार्यालयदेखि १०० मिटर टाढा धपाएको हो । उक्त प्रदर्शनलाई लक्षित गरी प्रदर्शनकारीभन्दा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले यातायात कार्यालय अगाडिसमेत जान नदिएपछि व्यवसायीहरु केहीबेर प्रर्दशन गरेर फर्किएका […]