Comments Add Comment

लाइसेन्स

List Grid
कास्कीमा अब ट्रायल पास गर्ने बित्तिकै लाइसेन्स !

१५ असोज, पोखरा । बर्दियाबाट मजदुरी गर्न पोखरा आएका दर्पण थारुको आफ्नै मोटरसाइकल छ । कामका सिलसिलामा पोखराका विभिन्न ठाउँमा पुगिरहनुपर्छ । तर, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुँदा समस्या थियो । गत वर्ष लाइसेन्सका लागि आवेदन दिएका थारुले लिखित परीक्षा पास गरे पनि कोभिड महामारीका कारण प्रयोगात्मक परीक्षा दिन पाएनन् । लामो समयपछि मंगलबार ‘ट्रायल’ […]

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सुटुक्क संशोधन

५ असोज, काठमाडौं । लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो । विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर […]

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

२५ भदौ, काठमाडौं । सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ । […]

यस्तो छ सवारी लाइसेन्स लिखित परीक्षाको प्रश्न संग्रह, ५०० मध्ये २० वटा सोधिने 

११ असार, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागू गर्ने भएको छ । यसअघि जेठ १ गतेदेखि लागू हुने गरी गरी जारी भएको भनिएपनि निषेधाधज्ञाका कारण देशभर नै लाइसेस्नको परीक्षा रोकिएको थियो । यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न […]

नयाँ बीमा कम्पनीको लाइसेन्स लिन ६ कम्पनी दौडधुपमा

७ असार, काठमाडौं । विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् । केही साता अघि नियामक निकाय बिमा समितिले हिमालयन रिइन्स्यारेन्सलाई सञ्चालन अनुमति दिने निर्णय गरेको थियो । त्यसपछि बिमा कम्पनीका लागि समेत लाइसेन्स पाउन सकिने भन्दै दौडधुप बढाएका हुन् । अहिले निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि […]

लाइसेन्सको अनलाइन आवेदन बन्द

१४ वैशाख, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । उनका अनुसार अब अर्को […]

लाइसेन्स लिन ७० को उत्तीर्णाङ्क, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर

२३ चैत, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो । जेठ १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक […]

ड्राइभिङ लाइसेन्सको परीक्षामा १९२ पटक फेल, तर १७ वर्षदेखि प्रयास गर्दैछन् यी व्यक्ति

सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि गाडी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ । यस्तो परीक्षामा सबैले सुरुमै सफलता प्राप्त गर्छन् भन्ने छैन अर्थात् पाँच सात पटक समेत प्रयास गर्नुपर्ने हुनसक्छ । तर एकजना यस्ता जब्बर व्यक्ति निस्किएका छन् जसले अहिलेसम्म ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि १ सय ९२ पटक ड्राइभिङ टेस्ट दिइसकेका छन् […]

सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ५ लाख नाघ्यो

२६ माघ, काठमाडौं । नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर […]

सवारी लाइसेन्सको सास्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

१६ माघ, काठमाडौं । नक्सालकी सुमित्रा श्रेष्ठले केही दिनअघि चाबहिलको लाइसेन्स कार्यालयबाट दुई पांग्रे सवारीको लाइसेन्स लिन परीक्षाको अनलाइन फारम भरिन् । उनलाई अनलाइन प्रणालीले ‘मार्च’को अन्तिम साताको लागि मात्रै कार्यालयमा उपस्थित भएर परीक्षाका लागि ‘इन्रोलमेन्ट’ गर्ने मिति तोकिदियो । तुरुन्तै लाइसेन्स निकाल्ने सोचमा रहेकी सुमित्रालाई ‘त्यति बेलासम्म बल्ल–तल्ल सिकेको स्कुटी चलाउन फेरि बिर्सन्छु कि,’ […]

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

९ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था […]

लाइसेन्सको प्रस्तावित नयाँ नियम : ६० अंकका नाममा चलखेलको जोखिम 

२९ पुस, काडमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षालाई सरल बनाउने तयारी गरेपछि यसको परिणामबारे बहस सुरु भएको छ । अब लाइसेन्स लिनेको संख्या, लाइसेन्स वितरण कार्यालयमा घुसखोरी र सडक दुर्घटना बढ्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । परीक्षालाई व्यवहारिक बनाउने भन्दै सरकारले प्रयोगात्मक परीक्षा (ट्रायल) लिँदा प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभार […]

चन्द्रागिरीमा शुरु भयो लाइसेन्सका लागि ट्रायल परिक्षा

१९ पुस, काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलो भर्याङ्ग नौ महिना देखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परिक्षा (ट्रायल) आईतबारबाट सञ्चालन ल्याएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठुलो भर्याङ्गले कोनोराका कारण रोकिएको प्रयोगात्मक परिक्षा (ट्रायल) चन्द्रागिरिमा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर  गुर्जुधारामा सुरू गरेको हो । […]

कहिलेदेखि खुल्छ लाइसेन्सको लिखित परीक्षा र ट्रायल ?

४ पुस, काठमाडौं । सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल नौ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् । नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ । तर सवारी लाइसेन्स कहिलेबाट खुल्छ भन्ने एकन नभएको यातायात व्यवस्था विभागले बताएको […]

माउन्टेन गाइडलाई पनि सरकारले लाइसेन्स दिने

३ पुस, काठमाडौं । सरकारले अब माउन्टेन गाइडलाई समेत आधिकारिक लाइसेन्स  वितरण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले अब लाइसेन्स नलिएका व्यक्तिले हिमाल आरोहणको काम गर्न नपाउने गरी कानूनि संरचना बनाएको हो । यससँगै लाइसेन्स वितरणको तयारी गरिएको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । ‘कानूनी संरचना तयार भयो’,उनले […]

एसिड बिक्री गर्न लाइसेन्स लिने व्यवस्था गर्न सुझाव

३१ भदौ, काठमाडौं । एसिड आक्रमणविरुद्ध सरकारले अध्यादेशमार्फत ल्याउन लागेको कानुनको तयारीका लागि महान्यायाधिवक्ताको कार्यालयले बनाएको अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बुझाइएको प्रतिवेदनमा जथाभावी एसिड खरिद गर्न रोक लगाउनुपर्नेसहितका १३ बुँदे सिफारिस छ । सह–न्यायाधिवक्ता ज्ञानप्रसाद भुसालका अनुसार प्रतिवेदनमा एसिडको उत्पादन, पैठारीदेखि प्रयोगसम्मका विषयमा नियमन गर्ने कानुनी व्यवस्था र संरचनाले प्रभावकारी […]

यातायात कार्यालयमा लाइसेन्स नवीकरण गर्नेको भिड

२८ भदौ, काठमाडौं । कोरोना महामारीको रोकथामका लागि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि धेरै समय सरकारी कार्यालयहरु बन्द भए । दैनिकजसो सेवाग्राहीको चाप हुने यातायात कार्यालय पनि धेरै समय बन्द नै भए र खुला भए पनि सहज रुपमा सर्वसाधारणले सेवा पाएनन् । लामो समयसम्म चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण रोकिएको यातायात कार्यालयले आइतबारदेखि […]

लकडाउनमा म्याद सकिएका सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने

८ भदौ, काठमाडौं । चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुनपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो । यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट […]

महासंघका अध्यक्ष भन्छन्-पत्रकारलाई लाइसेन्स चाहिँदैन

१४ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था गर्न नहुने बताएका छन् । संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारलाई लाइसेन्स लिने चाहिने प्रावधान प्रस्ताव गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन । ‘राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स चाहिँदैन’ अध्यक्ष आचार्यले अनलाइनखबरसँग भने, ‘नागरिकले जुनसुकै माध्यमबाट अभिव्यक्ति […]

लाइसेन्स नलिएका इन्जिनियरको सिफारिस नमान्न प्रस्ताव

२३ साउन, काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको सिफारिस नमान्ने प्रावधान राख्न इन्जिनियरिङ एसोसियसनले माग गरेको छ । बिहीबारको विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी एसोसियसनका पदाधिकारीहरुले परिषदबाट लाइसेन्स नलिएका इन्जिनियरले गरेको कामको सिफारिस नमान्ने व्यवस्था गर्न माग गरेका हुन् । इन्जिनियरिङ विषयमा स्नातक गरेकाहरुले शैक्षिक प्रमाणपत्र पेश गरेकै आधारमा इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स […]

परीक्षामै सहभागी नभएकालाई लाइसेन्स दिने यातायातका कर्मचारीबिरुद्ध भ्रष्टाचार मुद्धा

१२ वैशाख, काठमाडौं । परीक्षामा सहभागी नै नभएका र अनुत्तिर्ण भएकाहरुलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने यातायात व्यवस्था कार्यालयका कर्मचारी र एकजना ट्राफिक प्रहरीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले २०७२ असार १६ देखि २६ गतेसम्म सञ्चालन गरेको परीक्षामा एकजनाबाट ५ देखि १५ हजार रकम लिएर लाइसेन्स दिएको आरोपमा तत्कालीन […]