Comments Add Comment

विद्युत् प्राधिकरण

List Grid
विद्युत् प्राधिकरणको पोल अनधिकृत प्रयोग गरेको अभियोगमा ५ ठेकदार पक्राउ

२२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल अनधिकृत प्रयोग गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । भक्तपुर र काठमाडौंबाट पाँच ठेकदार र तीन व्यवसायीसहित ८ जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेको प्रहरी स्रोतले बतायो । ब्युरोका प्रमुख […]

विद्युत् प्राधिकरणको ध्यान ठूला जलाशययुक्त ‘गेमचेन्जर’ आयोजनामा

१८ भदौ, काठमाडौं । नेपाल विद्युत प्रधिकरणले मुलुकको विद्युत माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एक साथ अगाडि […]

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

२२ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो । मिटर रिडिङ भएको ६० दिनदेखि दुई […]

नियमन आयोगले विद्युत् प्राधिकरणलाई सोध्यो स्पष्टीकरण

१३ चैत, काठमाडौं । विद्युत् नियमन आयोगले अनलाइनबाट महसुल भुक्तानी गर्दा थप सेवा शुल्क लिने निर्णयबारे नेपाल विद्युत् प्राधिकरणलाई स्पष्टीकरण सोधेको छ । आयोगले प्राधिकरणलाई पत्र लेख्दै १५ दिनभित्र अनलाइन भुक्तानीमा उपभोक्ताबाट थप शुल्क लिने गरी भएको निर्णयबारे स्पष्ट गर्न निर्देशन दिएको हो । विद्युत् नियमन ऐनको व्यवस्थाअनुसार प्राधिकरणले नियामक निकायको अनुमतिबिना आफैंले निर्णय गरेर […]

विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो, सञ्चित नाफा झण्डै ५ अर्ब

१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा […]

२ वर्षपछि भारतको बिजुली चाहिँदैन

२१ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण केही वर्ष अगाडिसम्म अत्यधिक घाटा खाने संस्थानमा गनिन्थ्यो । अर्कोतर्फ १८ घन्टासम्म लोडसेडिङ गरेर आलोचित पनि थियो । तर, कुलमान घिसिङ प्रबन्ध निर्देशक भएपछि यसको भाग्य फेरियो । कुलमानले व्यवस्थापकीय कौशल देखाउँदै देशभरबाट लोडसेडिङ मात्रै हटाएनन्, प्राधिकरणलाई मुनाफामा लगे । पछिल्लो आर्थिक वर्षमा प्राधिकरणले ७ अर्बभन्दा बढी त […]

संघीय ढाँचामा प्राधिकरण, विद्युत् वितरण गर्न प्रत्येक प्रदेशमा छुट्टै कम्पनी

३ असोज, काठमाडौं । अब प्रत्येक प्रदेशमा विद्युत् वितरण तथा ग्राहक सेवाका लागि छुट्टा–छुट्टै कम्पनी खुल्ने भएका छन् । नेपाल विद्युत् प्राधिरकणको शत प्रतिशत सेयर रहने गरी प्रत्येक प्रदेशमा वितरण कम्पनी खोल्न लागिएको हो । यसका लागि प्राधिकरणको सञ्चालक समिति बैठकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । यस वर्षभित्रै ती कम्पनी स्थापना गर्ने लक्ष्य लिइएको प्राधिरकणका […]

विद्युत् चोरी गर्नेहरुबाट आठ लाख असुली

११ जेठ, पाल्पा। विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट आठ लाख असुली गरेको छ । वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले रु आठ लाख जरिवाना सङ्कलन गरेको हो । प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो । प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगरलगायतका […]