Comments Add Comment

पशुपति शर्माको अर्को सांगीतिक झटारो- ‘ढाड दुखेर मार्‍यो…’

pashupati sharma
सधैभरि सजिलो काम मात्रै खोज्ने, काम नगरि सुतेर खान पाए सुख पाएको ठान्ने नेपाली प्रबृत्तिलाई पशुपति शर्माले लोक झटारो हानेका छन् ।
‘मलाई अमेरिका यहीँ’ ‘हामी नेपाली हौं मलाई त्यति थाहा छ’ स्रोह दुना आठ लगायत सन्देशमूलक लोकगीतबाट चर्चामा रहेका शर्माले फेरि अर्को चोटिलो कोशेली ल्याएका छन् ।
जान्ने मान्छे कोही भए बोल
सजिलो काम भन्देउ न के होला
जे गर्न नि गार्‍हो
हलो जोती खान खोजे हलै जोत्न गार्‍हो
गीत गाएर खान खोजे गीतै गाउनै गार्‍हो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मार्‍यो
पछिल्लो गीत ‘ढाड दुखेर मार्‍यो… मा उनले ठट्यौली पारामा आम नागरिकले बुझ्ने गरि आफ्नो काममा सन्तुष्ट हुन आग्रह गरेका छन् । पछिल्लो समय विकास भएको प्रविधीले समेत मान्छेलाई असन्तुष्ट हुन सघाएको उनको बुझाइ छ । उनको भनाइ अनुसार त्यसकारण पनि दर्शकलाइ ‘टिप्स’ दिन जरुरी छ ।
काम पनि कुनै पनि सानो र ठुलो हुँदैन भन्ने मान्यता राख्ने गायक शर्मा हरेक गीतमा केही न केही नयाँ कुरा दिन चाहन्छन् । उनलाई यो गीतमा स्वारमा साथ दिएकी छिन् जानकी तारम मगरले ।
अहिले अष्ट्रेलियाको विभिन्न शहरमा ‘मलाइ अमेरिका यहि, मलाइ जापान पनि यहि…’ बोलको गीत गाएर दर्शकलाई मनोरञ्ज दिइरहेका छन् गायक शर्माले । युटुव र अन्य माध्यम मार्फत उनको गीत सुन्ने दर्शकले भने उनको पछिल्लो गीत ‘ढाड दुखेर मार्‍यो…’ हेरेर मनोरञ्जन लिइरहेका छन् ।
भिडियो

मैले त्यसै यस्तो गीत लेखिन
सुखी छु भन्ने कोही देखिन
काम गरम हो जाँगर नि झिकम हो
मलाइ सुख छ भन्न नि सिकम हो
गीत केबल मनोरञ्जनमा मात्रै सिमित हुन हुन्न भनेकै कारण उनका केही गीत विवादमा समेत परेका छन् । ‘हामी नेपाली’ बोलको गीत गाएपछि उनको गीतले दलितहरुको अपमान गरेको भन्दै केही दलित नेताहरुले गीत ब्याण्ड गर्नुपर्ने आवाज उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment