Comments Add Comment

सात बुँदे घोषणा-पत्र जारी गर्दै अनेकसको युरोप क्षेत्रीय बैठक सम्पन्न

anekasजर्मनी । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) युरोपको तेश्रो युरोप क्षेत्रीय बैठक विभिन्न सात बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ ।

जर्मनीको बोखुम नगरमा आयोजना भएको इनास युरोपको तेश्रो भेलामा इनास युरोप र युरोप महादेश भित्र रहेका इनासका नेशनल कमिटीका पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ युरोपका प्रतिनिधिहरु, जर्मनी र युरोप महादेशबाट आएका विभिन्न संघ संस्था र मिडियाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

इनासका प्रतिनिधिहरुले आगामी अक्टोबर २०१५ को दोश्रो हप्ता नेपालमा आयोजना गरिने संस्थाको पहिलो विश्व सम्मेलनलाई सफल बनाउन एक भएर जुट्नुपर्ने बताएका थिए ।

कार्यक्रममा इनास ग्लोबल कमिटीका संरक्षक मीरा राणा, निता श्रेष्ठ, महासचिव भगवती बस्नेत, इनास कोलोराडो अमेरिकाका अध्यक्ष साबू गदाल कार्की, इनास अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष रामकृष्ण निरौला, इनास स्पेनका अध्यक्ष प्रकाश तिवारी लगायतका प्रतिनिधिहरुकाे शुभकामना सन्देशहरु सुनाइएको थियो।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक समेत रहेका जर्मनीका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापाको प्रमुख आतिथ्य र गैरआवासीय नेपाली संघ युरोपका संयोजक अर्जुनकुमार श्रेष्ठको विशिष्ठ आतिथ्यमा तेश्रो युरोप महादेशस्तरीय क्षेत्रीय बैठक सम्पन्न भएको थियो।

लुकेर रहेका वा अवसरबाट वन्चित रहेका कलाकार एवं साहित्यकारहरुको प्रतिभालाई प्रस्तुत गर्न प्रतिभा पहिचान सम्बन्धि विशेष कार्यक्रमको सुरुवात गर्ने, नृत्य प्रतियोगिताको अतिरिक्त अबदेखि गायन प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरिएको छ ।

इनास तेश्रो युरोप स्तरीय प्रतियोगिता २०१५, साहित्य वाचन, श्रष्ठा सम्मान र तेश्रो इनास अवार्डका लागि उत्कृष्ठ चलचित्रहरुको घोषणाका साथमा स्विजरल्याण्ड, डेनमार्क, नेदरल्याण्ड, युके, जर्मनी, बेल्जियम, इटाली लगायत युरोपका विभिन्न मुलुकहरुबाट कलाकारहरुले प्रदर्शन गरेका थिए ।

इनासको परम्परा अनुसार हरेक वर्ष आयोजना गर्दै आएको युरोप स्तरीय एकल नृत्य प्रतियोगितामा यस वर्षको युरोप डान्सिङ्ग स्टार अफ द एअर २०१५ को उपाधी जर्मनी कि सोनिया श्रेष्ठले जितेकी छिन।

तेश्रो इनास युरोप महादेशस्तरीय एकल नृत्य प्रतियोगितामा सहभागी बेल्जियम, जर्मनी, नेदरल्याण्ड, डेनमार्क, इटाली लगायत युरोपका विभिन्न मुलुकहरुका ९ जना कलाकारहरुले प्रतिष्पर्धामा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment